नुवाकोट — बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगार्थ नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबियाले नुवाकोटको विदुर नगरपालिका–२ मा राहत सामग्री वितरण गरेको छ।
मञ्चको पहलमा साउदीमा संकलित आर्थिक सहयोगबाट विपत्तिपीडित परिवारलाई चामल, खाने तेल, ग्यास चुलो, म्याट, सरसफाइका सामग्री तथा सेनेटरी प्याडलगायत अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो।
मञ्चका महासचिव वासुदेव सापकोटाको नेतृत्वमा राहत टोली प्रभावित क्षेत्रमा पुगेर सामग्री वितरण गरेको थियो। स्थानीयस्तरमा पीडित परिवारको पहिचान तथा व्यवस्थापनमा नेपाली कम्युनिष्ट पार्टीका एसिया प्रवास प्रदेश सदस्य आरबि लामा र केन्द्रीय सदस्य एवं कलाकार राजन बमले सहजीकरण गरेका थिए।
त्यस्तै, काठमाडौँबाट विष्णु पाण्डे, नुवाकोट क्षेत्र सम्पर्क समितिका अध्यक्ष प्रकाश रौला तथा नेकपा वडा सदस्य रूपा सुनारले फिल्ड समन्वयमा सहयोग गरेका थिए।
प्रवासमा रहेर पनि मातृभूमिमा विपत्ति पर्दा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा ४२ जना सहयोगीबाट आर्थिक सहयोग संकलन गरिएको मञ्चले जनाएको छ। सहयोगी सबैप्रति मञ्चले आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद्का बेला मानवीय सहायता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
“विपत्तिमा परेका नागरिकलाई राहतसँगै भरोसा र हौसला दिनु हाम्रो सामाजिक जिम्मेवारी हो,” मञ्चले जनाएको छ।

>










Discussion about this post