साउदी अरब । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका बाढीपीडितको राहत तथा सहयोगका लागि कास्की आदर्श समाज, साउदी अरबले रु. १ लाख ३५ हजार ८२८ रुपैयाँ १६ पैसा प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
समाजका कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको आपसी समन्वय र स्वस्फूर्त सहभागिताबाट संकलन गरिएको उक्त रकम राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।

समाजका तर्फबाट रु. ५० हजार तथा विभिन्न पदाधिकारी, सल्लाहकार र सदस्यहरूबाट साउदी रियालमा संकलित सहयोग रकमसमेत गरी उक्त रकम जम्मा गरिएको हो।

अभियानमा राज तामाङ, अमर सापकोटा, निमबहादुर घर्ती, मनकाजी गुरुङ, मुक्ति नाथ बराल, गीता आले मगर, सुकमाया कामी, हिमालाल सेवा, कमल शाही, तुलसी भण्डारी, सोमबहादुर परियार, अनिल रनाभाट, कुलबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, रोहनकुमार परियार, केशव जिसी, खुसीमान गुरुङ र अर्जुन विश्वासलगायतले सहयोग गरेका छन्।
समाजले विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा सहयोग गर्न स्वस्फूर्त रूपमा सहभागी हुने सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।
विपद्को समयमा गरिएको सहयोगले कास्की आदर्श समाजमा आबद्ध नेपालीबीचको एकता, सहकार्य, मानवीय संवेदना तथा सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने समाजको विश्वास छ।कास्की आदर्श समाज साउदी अरबले ‘एकता, सद्भाव, सहयोग र सामाजिक सेवा’को भावनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।


>










Discussion about this post