Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाढीपहिरोमा ज्यान गुमाएकाप्रति साउदीका विभिन्न शहर बाट श्रद्धाञ्जली, विपत्तिमा प्रवासी नेपाली एकजुट

अन्जान गुभाजु by अन्जान गुभाजु
२० भाद्र २०८३, शनिबार १९:०३
in प्रवास, समाचार
0
बाढीपहिरोमा ज्यान गुमाएकाप्रति साउदीका विभिन्न शहर बाट श्रद्धाञ्जली, विपत्तिमा प्रवासी नेपाली एकजुट
19
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

रियाद । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै साउदी अरबका विभिन्न शहरमा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन्।

प्रवास नेपाली सम्पर्क बिभागको आयोजनामा शुक्रबार जुबेल, रियाद र अल कासिममा आयोजित कार्यक्रममा नेपाली समुदायका विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा प्रवासी नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।

प्रवास सम्पर्क विभाग, साउदी अरबका अध्यक्ष भूपाल भण्डारीले प्राकृतिक विपद्को पीडामा प्रवासी नेपाली समुदायले दुःखमा साथ दिने र राहत, उद्धार तथा मानवीय सहयोगका कार्यमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले विपद्को समयमा देश तथा समुदायप्रतिको जिम्मेवारी अझ महत्वपूर्ण हुने धारणा व्यक्त गरे।जुबेलमा साँझ ६ बजे, रियादस्थित डिमोरा होटलमा बिहान १० बजे तथा अल कासिममा साँझ ७ बजे श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।यसैबीच, हेल्प मधेसी साउदी अरबले शुक्रबार दम्मामको सेकेन्ड सनैयामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा प्रवासी नेपालीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए।हेल्प मधेसी साउदी अरबका अध्यक्ष श्यामकुमार महतोले विपद्को यस कठिन समयमा पीडित परिवारको दुःखमा प्रवासी नेपाली समुदाय साथमा रहेको बताउँदै राहत तथा मानवीय सहयोगका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

साउदीमा सम्पन्न यी श्रद्धाञ्जली सभाले हजारौँ किलोमिटर टाढा रहे पनि मातृभूमिमा परेको विपद्को पीडामा प्रवासी नेपाली समुदाय भावनात्मक रूपमा जोडिएको सन्देश दिएको छ। सहभागीहरूले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

Previous Post

उत्तरगया बाढीपीडितका लागि जनसम्पर्क समिति साउदी अरबको करिब ४ लाख बराबरको राहत सहयोग

Next Post

कास्की आदर्श समाज साउदीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३५ हजारभन्दा बढी सहयोग

Next Post
कास्की आदर्श समाज साउदीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३५ हजारभन्दा बढी सहयोग

कास्की आदर्श समाज साउदीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३५ हजारभन्दा बढी सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal