Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबद्वारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

अन्जान गुभाजु by अन्जान गुभाजु
२१ भाद्र २०८३, आईतवार २०:२७
in देश, प्रवास, समाचार, समाज
0
बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबद्वारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लाका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि हेल्प मधेशी साउदी अरबले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

संस्थाका अध्यक्ष श्याम कुमार महतोका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कनेक्ट आईपीएसमार्फत जम्मा गरिएको हो।

बाढी तथा नदी कटानका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएपछि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको अध्यक्ष महतोले बताए।महतोले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको बताउँदै प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार, संघसंस्था र सहयोगी मनहरूलाई सहकार्यका लागि आग्रह गरे।

उनले मातृभूमिमा विपत्ति पर्दा प्रवासमा रहेका नेपालीहरूबीचको दूरीले मानवीय संवेदनालाई टाढा बनाउन नसक्ने भन्दै संकटको समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।हेल्प मधेशी साउदी अरबले सहयोगलाई आर्थिक योगदान मात्र नभई नेपाली एकता, मानवीय भावना र मातृभूमिप्रतिको जिम्मेवारीको अभिव्यक्ति भएको जनाएको छ। संस्थाले अभियानमा सहयोग गर्ने सदस्य, समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरेको छ।

पछिल्लो समय बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि साउदी अरबमा सक्रिय विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली दाजुभाइ–दिदीबहिनीबाट करिब ९० लाख रुपैयाँ बराबरको सहयोग जुटेको स्रोतले जनाएको छ।

प्रवासमा रहेका नेपालीहरूको यस्तो सहयोगले विपत्तिको समयमा विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारी र नेपाली एकताको भावना बलियो रहेको देखाएको छ ।

Previous Post

बाढीपीडितलाई जनप्रगतिशील मञ्च साउदीद्वारा राहत सामग्री वितरण

Next Post

साउदीस्थित नेपाली दूतावासमा भदौ २२ गते शोक सभा हुने

Next Post
साउदीस्थित नेपाली दूतावासमा भदौ २२ गते शोक सभा हुने

साउदीस्थित नेपाली दूतावासमा भदौ २२ गते शोक सभा हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal