Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोशी प्रदेशमै पहिलो पटक १५ ब्युटिसियनहरू बीच कडा प्रतिस्पर्धा हुँदै अडिसन सम्पन्न !

रबिन राउत by रबिन राउत
२ भाद्र २०८३, मंगलवार १९:१६
in प्रदेश नं १, मनोञ्जन
0
कोशी प्रदेशमै पहिलो पटक १५ ब्युटिसियनहरू बीच कडा प्रतिस्पर्धा हुँदै  अडिसन सम्पन्न !
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित ‘आरोमा बाई ओसियन रेस्टुरेन्ट’मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ । आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छैन भने विवाहित र अविवाहित दुवै महिलाले निर्धक्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ ।

“जहाँ सौन्दर्यले आत्मविश्वास, प्रतिभा र ताजको संगम गराउँछ” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै भएको यस अडिसनमा इटहरी, दुहबी, भोजपुर लगायतका क्षेत्रबाट १५ जना ब्युटिसियन महिलाहरूले सहभागी जनाए । अडिसनमा सहभागी ब्युटिसियन महिलाहरूको कला र क्षमताको सूक्ष्म मूल्याङ्कन गर्न विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित विशेषज्ञ निर्णायक मण्डल चयन गरिएको थियो । जसमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव तथा मिस्टर भ्याली २००७ का सेकेन्ड रनरअप दिनेश कोइराला, ममता किन्डरगार्टेनका संस्थापक/निर्देशक विनिता ढकाल र समाजसेवी, सदस्य (दुहबी नगरपालिका), न्यु सुमिना ब्युटी सैलुनकि सञ्चालिका, दुहबी जेसिजका महासचिव एवम् सिनियर ब्युटी ट्रेनर मीना श्रेष्ठ राई रहेका थिए । कार्यक्रमकी निर्देशक उर्मी मगरका अनुसार, दोस्रो चरणको छनोट प्रक्रिया सकिएसँगै अबको केही दिनमै इटहरीमा छनोट भएका प्रतिस्पर्धीहरूका लागि प्रशिक्षण सत्र सुरु गरिनेछ ।

यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य र ताजमा मात्र सीमित छैन, यसले प्रतिस्पर्धीहरूको समग्र व्यावसायिक विकासलाई जोड दिएको छ । आयोजकका अनुसार छनोटमा पर्ने सबै प्रतिस्पर्धीले सौन्दर्य विज्ञहरूबाट एश कलर मास्टरक्लास, वाटरप्रुफ मेकअप र मास्टर हेयरकटको प्रत्यक्ष तालिम, सैलुनको व्यापार बढाउन क्लाइन्ट म्यानेजमेन्ट र मार्केटिङ सम्बन्धी विशेष ‘बिजनेस ग्रोथ क्लास’ लिन पाउने छन् । यस्तै प्रोफेसनल ग्रुमिङ, पोर्टफोलियो फोटोसुट र प्रत्यक्ष मेन्टरसिप साथै सोसल मिडिया एक्सपोजर, प्रमाणपत्र तथा आत्मविश्वास बढाउन हाइकिङ र टिम बिल्डिङका गतिविधिहरूमा समेत सामेल गराइनेछ । प्रतियोगिताको विजेताले आकर्षक ताज र ट्रफीसहित रु. १ लाखभन्दा बढी मूल्य बराबरको पुरस्कार जित्नेछन् । यसका साथै, विजेतालाई मिडिया कभरेज, प्रोफेसनल फोटोसुट र प्रतिष्ठित ब्रान्डहरूसँग सहकार्य गर्ने सुनौलो अवसर समेत प्रदान गरिनेछ । सौन्दर्य उद्योगमा आफ्नो छुट्टै व्यावसायिक पहिचान र दबदबा बनाउन चाहने सम्पूर्ण महिलाहरूका लागि यो प्रतियोगिता साँच्चिकै एक ‘लाइफटाइम अनुभव’ बन्ने आयोजकको भनाइ छ ।

Previous Post

साउदीमा अन्तर्राष्ट्रिय धादिङ समाज गठनको तयारी, समन्वयमा सेफ सरोज थापा

Next Post

साउदीमा नेपाली श्रमिक कामेश्वर साह २० दिनदेखि सम्पर्कविहीन, खोजीका लागि सहयोगको अपिल

Next Post
साउदीमा नेपाली श्रमिक कामेश्वर साह २० दिनदेखि सम्पर्कविहीन, खोजीका लागि सहयोगको अपिल

साउदीमा नेपाली श्रमिक कामेश्वर साह २० दिनदेखि सम्पर्कविहीन, खोजीका लागि सहयोगको अपिल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal