काठमाडौँ । गायिका रचना रिमालको स्वरमा नयाँ गीत माया गर्छु भन्न पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोविद्ध समेत रहेकी गीतकार प्रमीला वस्तीको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीत विश्वनाथ प्रेमको रहेको छ । किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तण्डुकारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा सुन्दरी मोडल गरिमा शर्मा र प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतकार वस्तीको निर्माणमा तयार भएको सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई नजिकबाट देखाइएको छ । जहाँ प्रेममा रमाइरहेको जोडीको खुशीलाई गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ । उत्सब दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

>








Discussion about this post