चर्चित कलाकार तथा मोड्ल सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । ‘बले’ ले आइतबार स्नेहा दंगालसँग विवाह गरेका हुन । स्नेहा दंगाल झापाकी हुन भने उन्ले उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् ।

विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता थियो । बलेलाई बधाई दिन उनको सिरियल ‘सक्किगो नि’को टोली पुगेको थियो । उनलाई बधाईको ओइरो लागेको छ ।केही दिनपछि बलेको अभिनय रहने फिल्म ‘लाज शरणम’को समेत औपचारिक घोषणा हुँदैछ ।


>








Discussion about this post