यस अघी ‘लप्पन छप्पन र लप्पन छप्पन २’ निर्माण तथा निर्देशन गरिसकेका निर्देशक मुकुन्द भट्टले केही हप्ता अगाडी नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दबी गर्दै ‘एक्स ९-लेभल १’ नामक फिल्मको घोषणा गरेका थिए । घोषणा गरे सँगै सिने बजारमा निकै चर्चा भएका थियो ।
चलचित्रमा नायकको भूमिका अनमोल के।सीलाई अफर गरिएको छ् ।
अहिले पुन चलचित्रको चर्चा सुरु भएका छ् । कारण हो यस चलचित्रमा भिलेनको भूमिका बलिउडका एक्सन स्टार सुनिल सेटीलाई गरिएको अफर
निर्देशक भट्टको सुनिल सँग कारीब एक महिना अघी यस फिल्मलाई लिएर कुराकानी भएको थियो । सुनील शेट्टी फिल्मलाई लिएर सकारात्मक रहेको मुकुन्द को भनाइ छ् । निर्देशक मुकुन्द भट्टले बिभिन्न अनलाईनमा दिएको जानकारी अनुसार चाँडै कागजी सम्झौता हुने र् सुनील शेट्टीले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एक हप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने कुरा छ् । एक हप्तामा सुनील शेट्टीले करीब ४० लाख पारिश्रमिक लिनेछन । फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने छ् ।

>









Discussion about this post