हाल नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई देश तथा विदेशमा मनकारी नेपालीहरुले सहयोग गरिरहेका छन । सडक दुर्घटनामा गम्भीर घाइते भएकी निशाको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन । यसै बिच दुई चर्चित कलाकारले निशालाई आर्थिक सहयोग गरेका छन । अभिनेत्री आँचल शर्मा र गायक शिव परियारले सहयोग गरेका छन् । अभिनेत्री शर्माले एक लाख रुपैंयाँ र गायक परियारले १० हजार रुपैंयाँ सहयोग गरेका हुन् । आइतबार अस्पताल पुगेर आँचलले निशालाई भेटेकी थिइन् ।गायक शिवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले निशालाई १० हजार सहयोग गरेको जनाएका छन् ।

>








Discussion about this post