म्यूजिक भिडियो, टेलिभिजन हुँदै चलचित्रमा प्रवेश गरेकी अहिले कि सफल नायिका पूजा शर्मा आजबाट २९ बर्षमा प्रवेश गरेकी छिन् । उन्को जन्म २०४९ साल वैशाखको १७ गते आजकै दिन सिन्धुपाल्चोक भएको हो । ‘थ्रि लभर्स’ चलचित्रबाट डेब्यु गरेकी पूजाले त्यस पछी ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् ।
तर सफलता भने ६ बर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ बाट प्राप्त गरिन । अहिले चलचित्र निर्देशक तथा निर्माताको पहिलो रोजाइमा पर्छिन । पूजाले अहिले १५ लाख भन्दा माथिको पारिश्रमिक लिने गरेकी छीन । साथै उनी आँफै पनि सफल निर्मात्री हुन । ‘म यस्तो गीत गाउँछु’ पूजाले आँफै निर्माण गरेको चलचित्रहो यो चलचित्र पनि बक्स अफिसमा हिट भयो ।
बेला बेला उनी बिभिन्न कारणले चर्चा आउछीन । पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् ।

>









Discussion about this post