प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ् । सामाजिक संजालबाट जानकारी दिदै आफुलाई कोरोना पोजिटिभ भएको शेयर गरेका हुन ।
उनी लेख्छन
अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु ।
अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !

>









Discussion about this post