अहिले पछील्लो समय गीत संगीत होस् या चलचित्र सबैको पार्ट टु निर्माण गर्ने ट्रेन्डनै चलेको छ् । चलीसकेको ब्रान्डलाई बिकाउन सजिलो हुन्छ भनेर पनि पार्ट टु को ट्रेन्डनै चलेको । नेपाली चलचित्रको कुरा गर्ने हो भने पनि सिरिज निर्देशन गरेर चर्चामा आएका निर्देशक हुन राम बाबु गुरुङ उनै निर्देशनमा चलचित्र ‘कबड्डी ४’ बन्ने भएको छ् । चलचित्रको प्रदर्शन मिती पनि सार्वजनिक गरिएको छ् ।
‘कबड्डी ४’ अब २०७८ सालको असोज १५ गतेबाट प्रदर्शनमा आउने भएको छ् । दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र प्रदर्शनमा आउने छ् । निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र भनेको छ । अहिले सम्म चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायत कलाकार दोहोरिने पक्का जस्तै छ । चलचित्रको छायांकन वैशाख २ गतेबाट सुरु हुनेछ ।

>








Discussion about this post