Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

३५ विधामा अवार्ड प्रदान गर्दै क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

Nepalok by Nepalok
१४ पुष २०८०, शनिबार १९:१५
in मनोञ्जन
0
३५ विधामा अवार्ड प्रदान गर्दै क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १४ पुष
क्वालिटी फिल्मस् प्रा.लि.द्धारा आयोजित तथा बिलक्षण क्रियसनको व्यबस्थपकमा तेश्रो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३ मलेशिया पछि बाँकी अवार्ड शुक्रबार बेलुका नाचघरमा सम्पन्न गरिएको छ । कार्यक्रममा आधुनिक गायन तर्फ उत्कृष्ट गायकको अवार्ड बलेको आगो २बाट राजकुमार सिंहले जितेका छन भने सँधै यस्तै मिठा कुरा गीतबार डेविड शँकरले जुरी अवार्ड हाँसिल गरेका छन् । यस्तै यो मायाँबाट श्रद्धा दियालीले उत्कृष्ट गायिका, यो खुसीको पलबाट बुद्धिमान थापाले उत्कृष्ट गीतकार र सँधै यस्तै मिठा कुराबाट दिपक शर्माले उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन् ।
गत ११ मँसिरमा मलेशियामा सम्पन्न अवार्ड समारोहमा बिजेता तय गरिए पनि शुक्रबार बेलुका काठमाडौंमा नाचघरमा एक समारोहबीच उनीहरुलाई यो अवार्ड प्रदान गरिएको हो । कार्यक्रमा आधुनिक तर्फ नै बलेको आगो २ बाट प्रभु गुरुङले उत्कृष्ट भिडियो निर्देशक अवार्ड, यही गीतबाट रोशन बस्नेतले पुरुष मोडल अवार्ड, समलिँगी गीतबाट दीपशिखा खड्काले महिला मोडल अवार्ड र बाडुल्की गीतबाट विकाश सुवेदी उत्कृष्ट पपगीत पुरुष मोडल अवार्ड हाँसिल गरे ।


यस्तै पप गीत तर्फ उत्कृष्ट गायकको अवार्ड बाडुल्कीबाट सागर जोशीले, लोकपप तर्फ उत्कृष्ट गायकको अवार्ड हिरा टललबाट राजमान तामाङले हाँसिल गरे ।
यस्तै लोक दोहोरी गीत गायकको अवार्ड फुल मायाँमा नभुलबाट राजु आरडीले, जुरी अवार्ड हेर्छन रमिताबाट तुलमान गुरुङले र पब्लिक च्वाईस अवार्ड मायाँ फिक्का फिक्काबाट गणेश सेन्चुरीले हाँसिल गरेर भने लोक दोहोरी नव गायकको अवार्ड धोको थिएनबाट रोशन तीखत्रीले र जुरी अवार्ड सुन्दर बजार कटेसी कुन्छाबाट विवेक धितालले, उत्कृष्ट गायिकाको अवार्ड सलीसली बगेको कालीबाट बसन्ती सुनारी मगरले र जुरी अवार्ड लम्जुङ दरबारबाट निमा तामाङले हाँसिल गरे । लोक दोहोरी भिडियो तर्फ पुरुष मोडलको अवार्ड कठै म बिचरोबाट इश्वर खातीले, महिला मोडलको अवार्ड हल्का तुच्चबाट पवित्रा गुरुङले, जुरी अवार्ड तिजैमा सुहाउनेबाट सरस्वती योञ्जन तामाङले, लोक दोहोरी संगीतकारको अवार्ड भोजपुरै जिल्लाबाट खगेन्द्र थामीले हाँसिल गरे । उत्कृष्ट लाईभ दोहोरी गायकको अवार्ड पानको पत्ता छबाट धिरज कोईरालाले्, जुरी अवार्ड लाईछ्यौ बेसनबाट सृजन आलेले हाँसिल गरे ।


यस्तै उत्कृष्ट लोकगीत गायकको अवार्ड पिरती छुटाएँबाट रमेश परियारले, लोकगीत गायिकाको अवार्ड लमजुङको ठाडो भाकाबाट सन्ध्या परियारले, भाषाभाषी तथा भेग विशेष गीत तर्फ लिम्बु गीतकारको अवार्ड इच्छिङमाबाट सैलेन्द्र नाल्बोले, जुरी अवार्ड सिमाना गीतबाट लिला सिलिङ मावोले, उत्कृष्ट लिम्बु गीत गायकको अवार्ड थोक्फेला २बाट सुमन लिम्बुले, जुरी अवार्ड मगर भाषाको गीत जोस लेउबाट गोपाल पुन मगर (सिङरोन)ले, उत्कृष्ट भाषाभाषी गायिकाको अवार्ड मारुम (सि यु पारती)बाट सुमित्रा बुढामगरले, उत्कृष्ट कौडागीत गायिकाको अवार्ड दमौलीको चाईना पुलबाट रमिला गुरुङले हाँले हाँसिल गरे । यस्तै यही विधामा पुरुष मोडलको अवार्ड लिम्बुगीत थोक्फेला २ बाट पूर्ण सेलिङले, पूर्वेली गीतबाट पुरुष मोडलको अवार्ड हङकङ सिँगापुर गीतबाट दीपक काम्फे सुब्बाले, महिला मोडलको अवार्ड लिम्बु गीत इच्छिङमाबाट पुष्पाञ्जली तिलिङ (चपेतीको आमा)ले प्राप्त गरे ।


यस्तै उत्कृष्ट नृत्य निर्देशकको अवार्ड मुसुक्क हाँसेबाट नेत्र बहादुर गुरुङले, उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड बलेको आगो २बाट पुष्पा गुरुङले, छायाँकार तर्फ उत्कृष्ट छायाँकार अवार्ड फेरी तिम्ले छुरा रोपीबाट सुनिल परियारले, डायस्पोरा छायाँकारको अवार्ड बलेको आगो २बाट  सुमन श्रेष्ठले, नव छायाँकारको अवार्ड दमौलीको चाईनापुलबाट सुनिल भण्डारीले, उत्कृष्ट आधुनिक भिडियो सम्पादकको अवार्ड शिरफुलबाट बिष्णु खड्काले, लोक दोहोरी भिडियो सम्पादक अवार्ड सुन्दर बजारबाट रोशन धितालले, उत्कृष्ट टेली सृँखला अभिनेत्रीको अवार्ड नारीबाट शर्मिला शर्माले जितिन भने उत्कृष्ट बाल कलाकारको अवार्ड दुई नम्बरी गीतबाट श्रेयस पौडेल क्षेत्रीले र बाल कलाकार जुरी अवार्ड छोराछोरी बिदेशी भूमिमाबाट सम्राट दाहालले हाँसिल गरे ।


कार्यक्रममा यसपटक १५ हजार रुपैयाँ सहित रजत चलचित्र पत्रकारिता सम्मान पत्रकार बिदूर गिरीलाई र रजत कलाकारिता सम्मान निर्देशक सुचित्रा श्रेष्ठलाई प्रदान गरियो । यस्तै कार्यक्रममा सञ्चारकर्मीहरु गोपिकृष्ण चापागाईं, गीता अधिकारी, रेणुका ढकाल, गायक लोकेन तामाङ, फेशन डिजाईनर दिलमायाँ मगर, समाजसेवी मुना लिम्बु पनि सम्मानित भए ।
प्रथम अभिनेत्री भुवन चन्द, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज गायिका तथा अभिनेत्री कविता आले लगायतले सो सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।
यस अघि मलेशियामा घोषणासँगै त्यहा केही कलाकारलाई अवार्ड प्रदान गरिएको र मलेशिया जान नसकेका कलाकारलाई यहाँ अवार्ड समापन समारोह आयोजना गरेर अवार्ड तथा सम्मान प्रदान गरिएको आयोजक क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष एवम् चलचित्र निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए ।  कार्यक्रममा निर्णायकहरु गायक नविन कुमार पौडेल, गीतकार शिब पौडेललगायत थिए । कार्यक्रममा गायक नविन कुमार पौडेल, डेभिड शँकरलगायतले आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाए । कार्यक्रममा सँयोजकमा सरिता भारती र व्यबस्थापकमा शनी लिम्बु थिए ।

Previous Post

रोनिश र आयुष्माले जिते मोडल हन्ट नेपालको ताज

Next Post

फिल्म 'अगस्त्य'को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

Next Post
फिल्म ‘अगस्त्य’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

फिल्म 'अगस्त्य'को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal