काठमाडौँ। गायिका मेलिना राई तथा गायक दिनेश लामाफोरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘बातै पक्का भो’ बोलको गीतमा शब्द,संगीत र निर्माण कमल थिङ तामाङको रहेको छ। भिडियो सार्वजनिक कार्यक्रममा माननीय सांसद हरी उप्रेती प्रमुख अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
दिनेश पाख्रिनको निर्देशनमा बनेको भिडियोमा कृष गुरुङ र स्मारिका ढकाल फिचर्ड छन्। प्रेम लामाले छायाँकन गरेको भिडियोमा सम्पादन र कलर टेकेन्द्र शाहले गरेका हुन्। जेफोरके म्युजिक इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियो उत्कृस्ट बनेको छ।
भिडियो सार्वजनिक कार्यक्रम संगै कार्यक्रममा केहि व्यक्तिहरुलाई सांस्कृतिक रत्न सम्मान प्रदान गरिएको छ। कार्यक्रममा कलाकार रबिन्द्र खड्का,गीतकार कृष्णहरी बराल,निर्देशक राजु शाह लगायतलाई सांस्कृतिक रत्न सम्मान प्रदान गरिएको छ। भिडियो जेफोरके म्युजिक इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

>









Discussion about this post