आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन घण्टा लामो सोधपुछपछि सरकारी वकिलको कार्यालयमा लगिएको छ । सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।
एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।
शुक्रबार नै केसी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।

>









Discussion about this post