कुवेत, महबुला — असार १५
कुवेतको महबुला क्षेत्रमा रहेको खुला मैदानमा पार्क गरिएका बेवारिसे गाडीभित्र ठूलो परिमाणमा मदिरा उत्पादन र भण्डारण गरेको अभियोगमा एक नेपाली नागरिकलाई कुवेती सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन्। यो घटना कुवेतका राष्ट्रिय मिडियाहरूमा समेत प्रकाशन भएको छ। पक्राउ परेका नेपालीले मदिरा उत्पादन तथा भण्डारण कार्यमा बेवारिसे गाडिहरू प्रयोग गर्दै आएको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
❗ ३,८२८ बोतल मदिरा बरामद
अहमदी क्षेत्रका सुरक्षा अधिकारीहरूद्वारा गरिएको कारबाहीमा, फोहोर ड्रम नजिकै पार्क गरिएको गाडीहरूमा ३,८२८ बोतल घरेलु मदिरा लुकाइएको अवस्थामा फेला पारिएको थियो।
कुवेतको कानुनअनुसार, मदिरा बनाउने, बोक्ने वा बिक्री गर्ने कार्य कडाभन्दा कडा प्रतिबन्धित छ। स्थानीय मिडिया Ayman Mat को रिपोर्ट अनुसार, संशोधित कानुनी प्रक्रियाअनुसार उक्त नेपाली नागरिक र बरामद वस्तुहरू सम्बन्धित निकायमा बुझाइएको छ। ⚖️ कानुनी कारवाही प्रक्रिया अघि बढ्दै पक्राउ परेका व्यक्ति कति समयदेखि यो कार्यमा संलग्न थिए भन्ने विषयमा अनुसन्धान जारी छ। सुरक्षाकर्मीहरूले यस्ता बेवारिसे गाडिहरू मदिरा उत्पादन र ओसारपसारको गोप्य माध्यमको रूपमा प्रयोग भइरहेको आशंका व्यक्त गरेका छन्। नोट: विदेशमा रहेका नेपालीहरूले सम्बन्धित देशको कानुनको सम्मान गर्नु अत्यावश्यक छ। यस्ता कार्यले व्यक्तिगत भविष्य मात्र होइन, संपूर्ण नेपाली समुदायको छविमा नकारात्मक असर पार्न सक्छ। स्रोत: Ayman Mat (Kuwait Online News)

>









Discussion about this post