साउदी रियाद नेपाली श्रमिकका हक र हितका लागि भनेर खोलिएको साउदी अरबको आप्रवासी कामदार समाजले नेपाली श्रमिकहरुको एकताको निम्ति सस्थांगत रुपमा साधारण सदस्यता दिने भएको छ ।
मे १, २०२० मा स्थापना भएको उक्त संगठनले आज सम्म वैदेशिक रोजगार आएका नेपाली श्रमिकहरुको हक र हितका लागि काम गर्दै आएको छ। देश विदेशका समाचार सम्प्रेषण गर्दै प्रवासी नेपालीहरुमा संगठनको माध्यमबाट विभिन्न जानकारी दिँदै आएको छ। उक्त संगठनले आज सम्म निकै राम्रो काम गर्दै आएको कुरा अवगत नै छ।
संस्थाको राष्ट्रिय संयोजन समिति साउदी अरब पनि अब बिस्तार गरिने भएकाले तपाईं हामी पनि उक्त संगठनमा आवद्ध भइ हातमा हात जोडेर नेपाली श्रमिकका हक र हितका निमित्त जागरुक बनौं ।
साथै उक्त सदस्यता अन्लाईन मार्फत हुने छ सदस्यता निशुल्क रहको कुरा अवगत गराउदछौँ।
सदस्यताका लागि लिंकः https://migworksnepal.org/?page_id=205
पीडितले निवेदन दिनका लागि लिंकः https://migworksnepal.org/?page_id=225

>










Discussion about this post