काठमाडौँ। टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुन लागेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ को लागी आवेदन फर्म खुल्ला गरिएको छ। खुल्ला लोक दोहोरी प्रतियोगिताको इतिहासकै सर्वाधिक पुरस्कार राशी सहित हुन लागेको महोत्सवको आवेदन खुल्ला गरिएको हो। प्रतियोगिताको लागी टिम दर्ता फर्म
www.rastriyalokdohorimahotsab.com बाट भर्न सकिने छ।
प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख,दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाख,सान्त्वना पुरस्कार नगद १ लाख संगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। उत्कृस्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्नेछन्। यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ ।

टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ । आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ।

>









Discussion about this post