रियाद, साउदी अरेबिया —
सिर्जना सांस्कृतिक समूह, साउदी अरेबियाको आयोजनामा अक्तोबर २४, २०२५ का दिन रियादस्थित होटल यास्मिन (बथा) मा भव्य रूपमा शुभदिपावली, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम सहित चौथो महाधिवेशन सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि साउदी अरेबियास्थित नेपाली राजदूतावासका महा.म. डा. नरेश बिक्रम ढकाल रहनुभएको थियो।साथै विश्व साइकल यात्री निराजन अर्याल पनि उपस्थित रहनुभएको थियो। त्यहा उपस्थित सबैले कार्यक्रमको सफलताको शुभकामना दिंदै नेपाली समुदायबीच एकता, संस्कृति र आपसी सद्भाव बढाउने यस्ता कार्यक्रमहरूको महत्वमा प्रकाश पार्नुभएको थियो।

नेपाली महान चाड शुभदिपावलीको अवसर पारेर आयोजित उक्त कार्यक्रममा साउदीमा कार्यरत नेपालीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार तथा सर्जकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा देउसी–भैलो, नृत्य–सङ्गीत, कविता, दोहोरी, सांस्कृतिक नाटक तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुतिहरूले वातावरण उल्लासमय बनेको थियो।

सोही अवसरमा समूहको चौथो महाधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरिएको छ। नव–निर्वाचित पदाधिकारीहरू यस प्रकार छन् —
संयोजक : दिपक रेग्मी
अध्यक्ष: अमृत पौडेल
उपाध्यक्ष: भिम बिश्वकर्मा
महासचिव: नागेश तामाङ
सचिव: राज चेम्जुङ लिम्बू
कोषाध्यक्ष: सन्जोक पान्डे
प्रवक्ता: कमल शाही
प्रमुख सल्लाहकार: खेम भट्ट
सल्लाहकार: रोम लामा
मिडिया संयोजक : लाल बहादुर शिर्पाली प्रसाद
प्रचारप्रसार विभाग: लोकेश खड्का
साथै, स्थानीय कलाकारहरूलाई पनि सदस्यको रूपमा समावेश गरिएको छ।
कार्यक्रमका क्रममा डॉ. ढकालले शुभकामना मनतब्य दिदै आफ्नु कार्यकाल चाडै सकिने जानकारी गर्नुभएको थियो। नयाँ नेतृत्वले राजदूतावासप्रति धन्यवाद ज्ञापन गर्दै साउदीमा रहेका नेपालीबीच आपसी सहयोग र एकताको भावनालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम अध्यक्ष अमृत पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
देउशी भैलो खेलेको भिडियो तल्ल लिन्क मा छ
कार्यक्रम को भिडियो लिन्क तल्ल







>










Discussion about this post