Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

को हुन् रजिता पराजुली ? ‘मिस्टर एन्ड मिस नेशनल’मा उत्कृष्ट प्रस्तुतिसहित फाईनलमा

Nepalok by Nepalok
१५ बैशाख २०८१, शनिबार १८:१६
in मनोञ्जन
0
को हुन् रजिता पराजुली ? ‘मिस्टर एन्ड मिस नेशनल’मा उत्कृष्ट प्रस्तुतिसहित फाईनलमा
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा समेत रुची राख्दै गएकी कोशी प्रदेशको इटहरी निवासी रजिता पराजुली अहिले ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४’ नामक सौन्दर्य प्रतियोगितामा ताज पहिरिन लागिपरेकी छन् । हालै सम्पन्न ट्यालेन्ट राउन्ड तथा स्विम वेयर राउन्ड पनि उनले पार गर्दै प्रतियोगिताको फाईनल चरणमा प्रवेश गरेकी छन् । मंगलबार पर्वतको कुश्मास्थित हार्नेस जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा आयोजना भएको ट्यालेन्ट राउन्ड र स्विम वेयर राउन्डमा २९ प्रतिष्पर्धी सहभागी थिए ।

यी २९ सहभागीहरु यसअघि अन्य विभिन्न चरणहरु पार गर्दै अगाडि बढिरहेका छन् । प्रतियोगिताको सहभागी फिमेल तर्फबाट उत्कृष्ट ५ र मेल तर्फबाट उत्कृष्ट ३ प्रतियोगी छनौट भएका छन् । जसमा फिमेलमा रजिता सहित प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा रहेका छन् भने मेल तर्फ सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनमा पर्न सफल भएका छन् । यो प्रतियोगिताको फिनाले यहि बैशाखको १९ गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ ।

‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४’ को बिजेताले ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथमा पोल्यान्डमा आयोजना हुने ‘मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४’, थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’, अल्बानियामा आयोजना हुने ‘मिस ग्लोब नेपाल २०२४’ र इजिप्टमा आयोजना हुने ‘मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने मौका पाउनेछन् । ताज पहिरिन सम्भावना बोकेकी रजितालाई भोटको पनि आवस्यकता छ । उनलाई भोट गर्न खल्ती एपमा गई इन्टरटेनमेन्ट सेक्सनमा रहेको भोटिङ भन्ने अप्सनमा क्लिक गरेपछी त्यहाँ मिस्टर नेशनल नेपाल २०२४ र मिस नेशनल नेपाल २०२४ छुट्टाछुट्टै भोटिङ गर्ने अप्सन देखिने छ । त्यसमध्ये मिस नेशनल नेपाल २०२४ संग देखिने ‘भोटिङ नाउ’ भन्ने ठाउँमा क्लिक गरेपछी सहभागी प्रतिष्पर्धीहरुको तस्वीर सहित भोट गर्ने ठाउँ देखिनेछ, जसको अन्तिममा रजिता पराजुलीको तस्वीर सहित भोट गर्ने ठाउँ रहेको छ । जसको भोट गर्ने अप्सनमा क्लिक गरेपछि आफुले चाहे अनुसार रजितालाई स:शुल्क भोट गर्न सकिनेछ ।

को हुन् रजिता पराजुली ?
रजिताले यसअघि पनि केही सौन्दर्य प्रतियोगितामा भाग लिएकी छन् । ताज नै पहिरिन नसकेपनी उनको सौन्दर्यताको चर्चा भने चलिरहन्छ । संस्कृतको विद्यार्थी रहेकी उनी इमेज मेघा मोडलको फाईनलिष्ट हुन भने यो प्रतियोगितामा भाग लिएपछि उनको क्षमतालाई कदर गर्दै केही सौन्दर्य प्रतियोगितामा निर्णायकिय जिम्मेवारी पनि सम्हालेकी छन् । प्रतियोगितामा सहभागीता संगै आयोजक टिममा रहेर पनि उनले सौन्दर्य प्रतियोगिताको मर्म, उपलब्धि, दु:ख र सुख बुझेकी छन् । अभिनयमा पनि रुची राख्ने रजिताले अग्रज कलाकारहरुको अभिनय हेरेर सिकेको साथै उनले अभिनयको केही वर्कसप पनि लिएकी छन् ।

रजिताले माइकल चेकव पद्धतिमा प्रशिक्षक तथा स्टन्ट वुमन लिजा डाल्टनबाट अभिनय सिकेकी छन् भने हालै छायांकन सुरु भएको पुजा शर्मा र पल शाह प्रमुख भुमिकामा रहने फिल्म ‘रावायण’मा अनुबन्ध भएकी छन् । आफुले न्याय दिनसक्ने भुमिकामा नै फिल्म निर्माण युनिटले छनौट गरेको उनको भनाई छ । रजिताले रेडियो प्रस्तोताको रुपमा सुनसरी एफएममा समेत कर्यरत रहिन् ।

२३ वर्षअघि आमा राधादेवी पराजुली र बुबा सम्भुनाथ पराजुलीको कोखबाट सुनसरीको चक्रघट्टिमा जन्मिएकी उनको बोलिबचन पनि राम्रो छ भने सबैसंग मिजासिलो स्वभावकि छन् । सहयोगी भाव भएकी उनी अरुमाथी अन्याय भएको देख्न सक्दिनन् । कोहि अलपत्र छन् र अभावमा भेटिन्छन् भने उनले कसैसंग सहयोगको हात फैल्याउदैनन्, आफुसंग जे जस्तो छ, खुल्ला हृदयले सहयोग गर्छिन् । आफुले पनि मध्यम परिवारमा जन्म लिएको हुनाले सबैको दुखलाई महसुस गर्नसक्ने उनको भनाई छ । अझ सानै उमेरमा जन्मदाता बुवाको साथ गुमाएकी र एकल आमाको काखमा हुर्किएकोले पनि उनले जिवनलाई सानैदेखी गहन रुपले बुझेकी छन् ।

Previous Post

२५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन

Next Post

बलिउडका गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’ सार्वजनिक ( भिडियो )

Next Post
बलिउडका गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’ सार्वजनिक ( भिडियो )

बलिउडका गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’ सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal