प्रमोद र हिना को ‘माया’ रिलिज बिगत एक दशकदेखी धरानलाइ कर्मक्षेत्र बनाइ संगितिक क्षेत्रमा अनवरत रुपमा संर्घषशिल गायक संगीतकार प्रमोद पोर्तेल को दोस्रो एल्वम ‘माया हो’ मा समावेश गीत ‘माया’ प्रमोद पोर्तेलकै युट्युब च्यानल बाट रिलिज भएकोछ । सनिवार धरानमा चर्चित गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भिडियो रिलिज भएको हो । पोर्तेल कै शब्द संगीत रहेको गीत ‘माया’मा हिना मल्ल बराइलीले फिमेल भोकलमा साथ दिएकिछिन ।

एक अर्काको माया र प्रेम सम्बन्धमा रहेका अहिलेका पुस्ताका युवायुवतीहरुको मायाप्रेम को बिषयलाई गीतमा गायक पोर्तेल र हिना फिचर्ड छन । माया गर्ने प्रेमिल जोडीहरु टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङस कस्तो हुन्छ भनेर निर्देशक सुल्तान ले भिडियोमा गज्जव ले प्रस्तुत गरेकाछन । आज रिलीज गीतको म्युजिक एरेन्ज दानिएल गदाल ,अडियो मिक्सिङ, रविन छेत्री,म्युजिक प्रोडक्सन , जुदह प्लाउज स्टुडियो सिलिगुडि ले गरेको गीतको रेकर्ड भने अपार रेकर्डस धरानमा गरिएको हो ।

कार्यक्रममा बिशेष अतिथी गायक संगीतकार शिव लामिछाने , चर्चित गायक , गङगा बरदान ,विजयपुर मिडिया ग्रुपका डिरेक्टर , हिमाल राई ,धरान संगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष , मछेन लिम्बू ,वर्तमान अध्यक्ष ,सुवर्ण श्रेष्ठ ,गायक रोहित मास्के,गायक संगीतकार बिनायक राई ,गायक डिल्ली फोम्बो , भानु थापा मगर लगायत सम्पूर्ण संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

>









Discussion about this post