काठमाडौं – गायक उत्तम मगरको सुमधुर स्वरमा सजिएको ‘तिमीलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ। यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।
भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ ( डार्क एन्जल ) र रजनी राईको अभिनय रहेको छ। युवा प्रेम र आकषर्णलाई प्रस्तुत गरिएको भिडियोमा प्रेमीले प्रेमिकालाई देखाउने माया र प्रेमिकाले प्रेमी प्रति गर्ने शंकालाई आधार बनाएर प्रस्तुत गरिएको छ।
दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका हुन्। मौसमी गुरुङ ( डार्क एन्जल ) को निर्देशनमा भिडियो तयार पारिएको हो। ‘डेमो क्रियशन’ नामक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
भिडियो लिंक:
</>









Discussion about this post