काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको युगल गायनमा समावेश ‘टिकटक क्विन: सुपरम्यान’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा नायक पल शाह र मोडेल दुर्गेश थापालाई सुपरम्यानका रुपमा देख्न सकिन्छ। गरिमा शर्मा र रुचि बिश्वासलाई टिकटक क्विनका रुपमा देख्न सकिन्छ।
राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।
चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई शाह प्रडक्शन फिल्म्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसै प्रडक्शन हाउस बाट पल शाह अभिनित ‘हृदय भरी’ छिट्टै रिलिजको तयारीमा छ।

>









Discussion about this post