Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कास्की आर्दश समाज साउदीको अध्यक्षमा अमर सापकोटा चयन ।

खगेन्द्र बराल by खगेन्द्र बराल
९ श्रावण २०७८, शनिबार ०१:१४
in अन्य, देश, प्रवास, भिडियो, मनोञ्जन, संघ, समाचार, समाज
0
कास्की आर्दश समाज साउदीको अध्यक्षमा अमर सापकोटा  चयन ।
37
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter

बिष्णु घिमिरे साउदी अरेबिया : साउदी अरेबियामा कास्की आर्दश समाजले दोस्रो बार्षिक उत्सव तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ भने अधिवेशनबाट सर्बसहमतीमा अमर सापकोटालाई अध्यक्षमा चयन गरेको छ ।

कोरोना भाइरस र साउदीको नियमलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि कास्की आर्दश समाज अन्तरास्ट्रिय परिषद आइ सी सी अध्यक्ष गोबिन्द पौडेलको रहेको थियो भने बिशिष्ट अतिथिमा साउदीका संस्था संरक्षक तथा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल, कास्की आर्दश समाज मध्यपूर्व संयोजक कृष्ण पुरी , परिषदका पदाधिकारीहरू , सामाजसेवी दिपक रेग्मी एन आर एन का मानार्थ सदस्य रमेश भण्डारी लगायत साउदीमा रहेका भातृसंगठन, एन आर एन, सामाजिक संघसंस्था, सामाजिक व्यक्तित्व, कलाकार, मिडीया कर्मी, कास्कीले गैर कास्केलीको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव मनिस थापाले कार्यक्रम संचालन गदै संस्थाका आर्थिक बिबरण सहित संस्थाले गरेका गतिविधि बारे जानकारी गराएका थिए भने कार्यक्रम प्रतिनिधी गदै उपस्थित एन आर एन, भातृसंगठन संघसंस्था , तथा सामाजिक व्यक्तित्व, मिडीयाकर्मी हरूले आफ्नो मन्तब्य दिदै सबैले संस्थाले गरेको क्रियाकलाप प्रती धन्यवाद व्यक्त गदै संस्थालाई आवश्यक पर्ने सहयोग निरन्तर गदै जाने प्रतिवद्धता गदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन ।

कार्यक्रममा संस्था संरक्षक अमृत पौडेलले साउदीमा रहेका सामाजिक संस्था मध्ये यो नितान्त गैरराजनीतिक तथा गैरनाफामुलक संस्था रहेको र आपत बिपतमा कास्कीले मात्र नभई गैर कास्केली समेत आवश्यक अनुसार सहयोग गदै आएको र भविष्यमा पनि साउदी लगायत सम्पुर्ण देशहरूमा रहेका कास्कीले संस्थासंग सहकार्य गर्ने जानकारी गरेका छन भने कास्की आदर्स समाज मध्यपूर्व संयोजक कृष्ण पुरीले कास्की साउदी अरेबियाले स्थापनाकाल देखी नै छोटो समयमा गरेको सामाजीक कार्य प्रती धन्यवाद दिदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन ।

कार्यक्रममा मिडीयाकर्मीको तर्फबाट मन्तव्य राख्दै बिष्णु घिमिरेले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुनुको साथै नयाँ नेतृत्व सहित कार्यसमितिलाई बधाई दिदै मिडीयाकर्मी सदैव समाजमा घटेका र भैरहेका यर्थाथ लाई बिषयबस्तु बनाएर सत्यका साथ मिडियाबाट सन्देशमुलक सुचना दिनुपर्ने जोड दिएका थिए ।

अध्यक्ष अमर सापकोटाले कार्यक्रम सफल बनाउन र कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिदै संस्थाले तत्कालको अवस्थालाई मध्यनजर गर्दै नेपालमा कोरोना भाइरसबाट संक्रमीत उपचार्रार्थ बिरामीको लागी आवश्यक पर्ने स्वास्थ्य सामाग्री, स्वरूप आर्थिक सहयोग, साउदीमा कोरोना भाइरस तथा बिभिन्न कारणले अलपत्र परेका नेपाली सहयोग गर्नु साथै शिक्षाको क्षेत्रमा समेत जोड दिएको जानकारी गदै बालबालिका भविष्यका कर्णधार हुन् भन्ने नाराका साथ गृह जिल्लामा रहेका अति विपन्न वर्गका बालबालिका शिक्षाबाट बन्चित हुनबाट रोक्नका लागि कास्की आदर्श अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल द्वारा स्थापित “कास्की आदर्श शैक्षिक अक्षयकोष”का लागि १ लाख ५० हजार रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्नुको साथै साउदीमा रोजगार गुमाएर स्वदेश फिर्ताको लागी अलपत्र परेका ८० जना भन्दा बढि नेपालीलाई एक महिनाको लागि खाधान्य सहयोग गरेको जानकारी गदै स्वदेस फिर्ताका लागी लामो समय देखि दुतावास सेल्टरमा रहेका महिलालाई हवाई टिकट स्वरूप १ लाख १० हजार रूपैयाँ तथा मृगौला पिडित, तथा अन्य क्षेत्रमा गरि हालसम्म १२ लाख रूपैया सहयोग गरेको जानकारी गदै प्रवासमा मात्र निर्भर नभई स्वदेशमा नै लगानी गरेर आत्मनिर्भर हुन आग्रह समेत गरेका छन ।

कार्यक्रमलाई सफल बनाउन सहयोग तथा संस्था संग सहकार्य गर्नुहुने संघ संस्था, मिडीयाकर्मी , कलाकार तथा सामाजिक व्यक्तिलाई प्रशंसा पत्र दिदै स्थापनाकाल देखि संस्थाका लागी योगदान दिने संस्था संरक्षक, अध्यक्ष, मध्यपूर्व संयोजकलाई दोशल्ला उठाएर सम्मान गरिनुको साथै कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई समेत धन्यवाद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रथम अधिवेशनबाट २०२१-२०२३ को लागी अमर सापकोटाको अध्यक्षतामा भौगोलिक हिसाबले २१ जनाको कार्यसमिति चयन गरेको छ संरक्षक अमृत पौडेल प्रमुख सल्लाहकार शिव बहादुर ढकाल ,सल्लाहकार रमकान्त सापकोटा टीका के सि ,हिमलाल सेवा ,खेम गुरुङ ,किरण कुमार पुरि,शङ्कर थापा, प्रबक्ता कमल शाही ठकुरी ,अध्यक्ष अमर सापकोटा, प्रथम उपाध्यक्ष ओम बहादुर कुमाल ,दिर्तिय उपाध्यक्ष रबि सापकोटा ,तृतीय उपाध्यक्ष लक्ष्मी पौडेल ,महासचिव मनिष थापा ,सचिव बुध्दी भुजेल कोषाध्यक्ष तुलसी राम भण्डारी ,सह- कोषाध्यक्ष गिता आले मगर रहेका छन भने सदस्यमा रेशम के सि ,ओम बहादुर गुरुङ ,भोजराज पौडेल,सिर्जना गुरुङ ,अर्जुन छेत्री ,राम गुरुङ,मनकाजी गुरुङ ,लक्ष्मी पौडेल छेत्री,शन्तोष गुरुङ ,भरत पौडेल ,सिर्जना भण्डारी ,नन्द राज परियार ,बिष्णु ढकाल ,खिम गुरुङ,युक्त ज्वार्चन, बुद्धि प्रसाद पौडेल रहेका छन ।

संस्थाको कोषमा ५ हजार रियल रहेको जानकारी गदै कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम समेत रहेका थिए । साउदीमा रहेको सामाजिक संस्था मध्ये कास्की आर्दश समाज पनि एक नितान्त गैरराजनीतिक संस्था हो । कास्केलीहरूको खोजी अभियान समृद्धि जन्मथलो हाम्रो अभियान भन्ने मुल नाराका साथ २०१९ सालमा स्थापित यस संस्थाले उदाहरणीय कार्य गरेको छ भने सामाजिक कार्यमा दुतावास लगायत बिभिन्न संघ संस्थाका संग समन्वय गरि पिडीतलाई सहयोग गदै आईरहेको छ ।

Previous Post

नविन के भट्टराईको नयाँ गीत ‘संझिरहन्छु’ मा वर्षा र राज

Next Post

गौरव र बिमलाको जति चोट सहेनी सार्वजनिक भिडियो

Next Post
गौरव  र बिमलाको जति चोट सहेनी सार्वजनिक भिडियो

गौरव र बिमलाको जति चोट सहेनी सार्वजनिक भिडियो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal