जेठ १० गते २०८२ सनिवार काठमाडौं शुक्रबार ९ गते नेपाली चलचित्र “पिताम्बर” को टिम हालै जापानतर्फ प्रस्थान गरेको छ। चलचित्रको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय दर्शकहरूसँग प्रत्यक्ष सम्पर्क कायम गर्ने उद्देश्यले टिमको यो भ्रमण आयोजना गरिएको हो। विशेषतः, यसपटक चलचित्र क्षेत्रका चर्चित मिडिया कोअर्डिनेटर कुमार आचार्य पहिलोपटक विदेश भ्रमणमा सहभागी भएका छन्, जसले टिमको मिडिया संयोजनमा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।

चलचित्र “पिताम्बर” नेपाली समाज, संस्कृति र सम्बन्धको गहिरो कथावस्तुमा आधारित रहेको जनाइएको छ। जापानमा रहेका नेपाली दर्शकहरूले यो चलचित्रको स्वागत गरिरहेका छन्, र चलचित्र टिमले विभिन्न शहरमा विशेष स्क्रिनिङ तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने योजना बनाएको छ।
भिडियो तल्ल







Discussion about this post