Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

(नरैनापुर) बाँके, नरैनापुरको शैक्षिक सुधारमा जोड

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ मंसिर २०७६, शनिबार १५:५२
in अन्य, देश, प्रदेश नं ५, शिक्षा, समाचार
0
(नरैनापुर) बाँके,  नरैनापुरको शैक्षिक सुधारमा जोड
44
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

(नरैनापुर) बाँके, मंसिर ७ । नरैनापुरमा रहेका शैक्षिक समस्या सुधार गर्नका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि सम्वन्धि ३ दिने अभिमुखीकरण कार्यकमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमको उद्घाटन सत्रमा शिक्षा विकास समन्वय ईकाई बाँकेका प्रमुख राम सुरेश यादवले योजनाबद्ध रुपमा अगाडि बढ्न सके बिद्यालयहरुमा सुधार आउन समय नलाग्ने बताउनुभयो । उहाँले शिक्षा शाखाको समन्वयमा प्रधानाध्यपकहरुले जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै शैक्षिक सुधारका लागि अभिभावक र  बालबालिकाहरुको चेतनास्तर बृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

नरैनापुरका बिद्यालयहरुमा भौतिक पूर्वाधारको कमी नरहेको बताउँदै यादवले अब शैक्षिक प्रगति देखाउने समय आएकाले प्रधानाध्यापक र शिक्षकहरु पठनपाठनप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शैक्षिक सुधारको लागि गाउँपालिकाले कहाँ, कस्तो र कुन किसिमको सहयोगको आवश्यकता रहेको छ, माग अनुसार सहयोग गर्न तयार रहेको बताउनुभयो । शैक्षिक सुधारमा बाधक बन्ने काम सह्य नहुने भन्दै बिद्यालयमा बिद्यार्थी संख्या बढाउँदै प्रभावकारी पठनपाठनको ब्यवस्था मिलाउन सबैको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले बताउनुभयो ।

गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागि अहिले दु्रत गतिमा लागिरहेको र गाउँपालिकाको यस अभियानमा सबैले सहयोग गर्नुपर्न उहाँको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुुर बस्नेतले नियमित रुपमा बिद्यालय सञ्चालन गरेर उपलब्धिमूलक प्रतिफल देखाउन सबै प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गर्नुभयो । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरको शिक्षामा सुधार ल्याउनका लागि पालिकामा रहेका बिद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिमा जुटेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताउनुभयो । शैक्षिक सुधारको लागि गाउँपालिका र शिक्षा शाखा सधैं तत्पर रहेको मिश्रले बताउनुभयो । विकासे काममा सक्रिय कर्मचारी मानिएका मिश्रले एक महिना अगाडि शिक्षा शाखा ईकाई प्रमुखको जिम्मेवारी पाउनुभएको हो ।

जिम्मेवारी पाएसंगै उहाँले शैक्षिक सुधारका लागि सक्रियता देखाउनुभएको छ । विद्यालय क्षेत्रमा देखिएको समस्या समाधानका लागि गाउँपालिका स्तरमै बिद्यालयहरुको अनुगमन बढाइएको, पठनपाठनमा कडाई गरिएको, प्रधानाध्यापक, शिक्षक, ब्यवस्थापन समितिका प्रतिनिधिहरुसँग गाउँपालिका तथा शिक्षा शाखाको समन्वयमा नियमित बैठकलाई निरन्तरता दिइएको, क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा जोड दिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मिश्रले बताउनुभयो । समय समयमा गाउँपालिका र शिक्षा शाखाले गर्ने गरेका अनुगमनका क्रममा विद्यालयमा शिक्षकहरु अनुपस्थित रहने गरेको, बिद्यालय समयमा नपुग्ने, पुगे पनि बिदा हुनुभन्दा पहिले निस्किने, अध्ययन अध्यापनमा लापरवाही हुने गरेको, विद्यालय जाने बिद्यार्थीहरुको संख्या घट्दै गएको अवस्था देखिएपछि शिक्षकहरुलाई नियमित उपस्थिति र प्रभावकारी शिक्षणका लागि क्षमता अभिबृद्धि तालिमदेखि बैठक गोष्ठी तथा अनुगमनमा गाउँपालिकाले निरन्तरता दिएको जनाएको छ । आज(शनिवार) देखि शुरु भएको ३ दिने क्षमता अभिबृद्धि तालिममा २१ विद्यालयका प्रधानाध्यापक र कर्मचारी गरी २५ जनाको सहभागिता रहेको छ ।

Previous Post

नवराज साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बने (फोटाे फिचर )

Next Post

“काव्यगन्ज”मा हेमन्तको गुन्जन

Next Post
“काव्यगन्ज”मा हेमन्तको गुन्जन

“काव्यगन्ज”मा हेमन्तको गुन्जन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal