Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“तामाङ सेलो-संगित तथा खाना महोत्सव” सम्पुर्ण तामाङको महोत्सव हो । नेपाल तामाङ कलाकार संघ

रबिन राउत by रबिन राउत
७ मंसिर २०७६, शनिबार ०७:५०
in समाचार
0
45
SHARES
195
VIEWS
Share on FacebookShare on Twitter

तामाङ कलाकारहरुको एकमात्र गौरवशाली संस्था तामाङ कलाकार संघले आफ्नो छैटौं अधिबेशनकै दिन सार्वजनिक गरेको तामाङ सेलो संगित तथा तामाङ खाना महोत्सव २०७६ गर्ने मिति सहितको अवधारणा पत्र पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् । नेपाल तामाङ घेदुङको संघिय कार्यालय चुच्चेपाटी मा सम्पन्न पत्रकार सम्मेलनमा तामाङ कलाकार संघका वर्तमान अध्यक्ष सन्जिव वाईबाको सभापतित्व तथा संस्थापक अध्यक्ष चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा भएको हो । साथै समाज का अन्य बिशिष्ठ कलाकारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका महासचिव विशाल काल्तानले सन्चालन गर्नुभएको थियो । संघका बरिष्ठ उपाध्यक्ष विश्व दोङले महोत्सवको मुल उदेश्य तामाङ गित संगितमा लागि रहने, तामाङ जाति, सभ्यताको बिकास, तामाङ डम्फु, तम्बा संस्कृतिको बिकास संगै जोडिएर हाम्रो ह्रुई, ग्योईको कुरा डम्फुले गर्ने भएकोले डम्फुलाई संसारभरी चिनाउने प्रमुख उदेश्य सहित डम्फुको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभयो । डम्फुबाटै सेलो संगितको उत्पती भएकोले अहिले पश्चिमेलीहरुले डम्फुकै धुनबाट त्यस्तै खाले नाम राखेर संगितको बिकास गरेको कारण हाम्रो डम्फुलाई बिश्वमा चिनाउने अवसर समेत यो महोत्सव हो भन्नू भयो ।

नेपाल कलाकार संघका अध्यक्ष संजिब वाईबाले कार्यक्रमको अवधारणा पत्र प्रस्तुत गर्दै तामाङ गित संगित, तामाङ खाना, कार्यक्रमको उद्देश्य, यसबाट अपेक्षित उपलब्धि, महोत्सव हुने मिति, स्थान र संस्थाको बारेमा जानकारी गराउनुभयो । अध्यक्ष वाईबाले यो महोत्सव मात्र तामाङ कलाकार संघको नभएर सम्पुर्ण तामाङ समाजको भएकोले सबैले सक्ने आर्थिक, भौतिक र नैतिक सहयोग गर्न अपिल समेत गर्नुभयो । त्यस्तै तामाङ सेलो संगित तथा खाना महोत्सवले ल्होछारको आगमन भैरहेको बेला ल्होछारको समयमा धेरै ठाउँमा व्यस्त कलाकारहरुको समय नमिलेर गित सुन्न नपाएका सम्पुर्ण सेलो प्रेमी दर्शक श्रोताहरुले म्होन्दोमाया, फापारे, खान्दोके जस्ता मौलिक भाकाहरु मज्जाले एकै ठाउँमा सबैको प्रस्तुती हेर्न पाउने र लोप हुँदै गएको तामाङ खानाको स्वाद समेत चाख्न पाउने भएकोले पनि यो महोत्सव महत्वपूर्ण हुने चर्चित गायक रोज मोक्तान बताउनुहुन्छ ।

साथै नेपाल तामाङ घेदुङ संघिय महासचिव मोहित कुमार घिसिङले सेलो र खानालाई मात्र नभै तामाङहरुको सांस्कृतिक विविधता भएको जाती भएकोले सबै सांस्कृतिक विविधतालाई हाम्रो पहिचानको रुपमा बिकास गर्दै एकताको लागि पनि महोत्सवले अभियान चलाउनु पर्ने बताउनुभयो । संघका संस्थापक अध्यक्ष एवं प्रमुख अतिथी वरिष्ठ गायक संगितकार चन्द्र कुमार दोङले जसरी एउटा सपना बुनेर संघ स्थापना गराएको थियो त्यो पूरा भएको बताउनुभयो । तामाङ दाजुभाई, तामाङ सेलो प्रेमी सम्पुर्णमा उपस्थितिको लागि पनि हार्दिक अनुरोध समेत गर्नुभयो । महोत्सव काठमाण्डौको चुच्चेपाटीको होटल हायथ रिजेन्सि अगाडीको ग्राउन्डमा हुनेछन् । पहिलो दिन यानकी २७ गते शुक्रबार दिउँसो १ बजेदेखी ३ बजेसम्म उदघाट्न कार्यक्रम हुने र सोही दिन बेलुका ७ बजेसम्म बरिष्ट तामाङ कलाकारहरुको प्रस्तुती रहने र दोस्रो दिन यानकी २८ गते शनिबार बिहान ११ बजेदेखी बेलुका ७ बजेसम्म कार्यक्रम हुने बताए । कार्यक्रमको उद्धघाटन सत्र संचार मन्त्री गोकुल बास्कोटाले गर्ने तय भएको आयोजकले जानकारी गराए । महोत्सवमा विभिन्न व्यापारको लागि स्टलहरुको समेत उपलब्ध रहेकोले सम्पर्क गरि सिङ्गो समुदायले आर्थिक , भौतिक तथा नैतिक सहयोगको लागि आयोजक टिमले अपिल गरिएको छ । स्टल बुकिङ गर्नको लागि कलाकार संघका वरिष्ठ उपाध्यक्ष विश्व दोङ संग सम्पर्क गर्न सक्ने जानकारी गराएका छन् । 9851058207

Previous Post

पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न आग्रह

Next Post

सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक (भिडियोसहित)

Next Post

सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक (भिडियोसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal