Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मामा र भान्जीको सम्बन्ध दर्शाउने दिपेन्द्रको गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
७ भाद्र २०७९, मंगलवार १९:०१
in भिडियो, मनोञ्जन
0
मामा र भान्जीको सम्बन्ध दर्शाउने दिपेन्द्रको गीत सार्वजनिक
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

            लामो समय जापानमा बसेर पनि नेपाली गीत, सङ्गीत, कला, संस्कृतीमा अब्बल दिपेन्द्र अधिकारीको दोश्रो गित “चुलबुल” सार्वजनिक भएको छ । केही महिना अघि ‘मनमोहक पोखरा’ बोलको भिडियो सार्वजनिक गरेका उनले यसपटक भने मामा भान्जीको माया, आदर र स्नेहपूर्ण सन्देशमूलक गीत सार्वजनिक गरेका हुन् ।

            ‘मनमोहक पोखरा’ गीतमा पोखराको पर्यटकीय महत्व, प्राकृतिक सुन्दरता, पाहुनाको स्वागत् जस्ता विषयवस्तु वर्णन गरिएको थियो । यसपटक बनाएको गीत भने आफ्नी सात वर्षीया भान्जी आस्थाबाट प्रेरित भएर सिर्जना गरेको दिपेन्द्र बताउछन् । सर्जक अधिकारीका अनुसार गीतबाट मामा भान्जीको सम्बन्ध, पारिवारिक न्यानो माया दर्शाउँदै बालबालिकादेखि अभिभावकहरुमा सामाजिक चेतनाको सन्देश दिन खोजिएको छ । सामान्यतया अहिलेका गीतहरु युगल जोडीका माया-प्रीतिमा आधारित बढी बन्ने गरेका छन् । यसबाहेक आमा, बुवा, दाजुभाइ, दिदीबहिनी जस्ता निकट सम्बन्धका बारेमा वर्णन गरिएका गीतहरु पनि छन्, तर ती नगण्य मात्रामा पाइन्छ । अधिकारीले भने मामा भान्जीबीचको सम्बन्धलाई सुन्दर पाराले बयान गर्दै नयाँ शैलीको गीत तयार गरेको पाइन्छ ।

      डिए क्रिएसनको दोस्रो प्रस्तुतिका रुपमा ‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ बोलको गीत सार्वजिनक भएको हो । बलबहादुर राजबंशी र तेरेसा विश्वकर्माको स्वर रहेको गीतमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, घनश्याम जोशी, बिमला अधिकारी, स्वराज अधिकारीको अभिनय देख्न सकिन्छ । बसन्त सापकोटाले संगीतबद्ध गरेको गीतलाई सांगीतिक संयोजन साहस शाक्यले गरेका छन् । गीतमा रेकर्डिस्टका रुपमा दिल सार्की र अजय कार्कीले भूमिका निर्वाह गरेका छन् । एकेस्टिक इन्टरनेशनल नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङमा चन्द्र चौधरीको मेहनत छ । रोहन नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोका लागि शृंगारमा दीपु पौडेल, छायांकन उत्तम हुमागाइँ, पोस्ट प्रोडक्सनको काम राड स्टुडियो, क्रिएटिभ सपोर्टका काममा प्रकाश सुवेदी, भिडियो सम्पादनमा निशान घिमिरेले भूमिका निर्वाह गरेका छन् ।

Previous Post

मिस युनिभर्स नेपालकी डा. आयुष्नोभालाई चलचित्रबाट क्रिटिक्स अवार्ड

Next Post

अमेरिकाबाट आयो गीतकार उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’

Next Post
अमेरिकाबाट आयो गीतकार उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’

अमेरिकाबाट आयो गीतकार उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal