रियाद, साउदी अरब — २१ नोभेम्बर २०२५
कास्की आदर्श समाज साउदी अरबको तेस्रो महाधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले मुक्ति बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ भने महासचिवमा कमल शाही निर्वाचित भएका छन्। नयाँ नेतृत्वले संस्थालाई अझ व्यवस्थित, सक्रिय र परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमका सभापति हिमलाल सेवाले महाधिवेशनले संस्थाको एकता, पहिचान र कामको प्रभावकारितामा नयाँ ऊर्जा थप्ने बताए।
दूतावासकी कार्यवाहक राजदूत सिर्जना अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै प्रवासी नेपालीबीचको एकता, सक्रियता र समाजसेवी भावनाप्रति खुशी व्यक्त गरिन्।

महाधिवेशनमा नेपालबाट विशेष रूपमा आमन्त्रित लोक तथा दोहोरी गायिका तुलसी क्षेत्रीले दमदार प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध बनाइन्। साथै साउदी अरबमै रहेका स्थानीय कलाकारहरूको प्रस्तुति पनि उत्तिकै आकर्षक बनेको थियो।
कार्यक्रममा स्थानीय मिडिया, विभिन्न संघसंस्था तथा रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जानकारी दियो।
नयाँ कार्यसमिति (२०२५–२०२७)
पदाधिकारी
1. अध्यक्ष – मुक्ति बराल
2. वरिष्ठ उपाध्यक्ष – मनकाजी गुरुङ
3. उपाध्यक्ष (पूर्वी क्षेत्र) – ओम बहादुर कुमाल
4. उपाध्यक्ष (पश्चिम क्षेत्र) – कुल बहादुर गुरुङ
5. महिला उपाध्यक्ष – गीता आले मगर
6. महासचिव – कमल शाही
7. उप–महासचिव – खुसीमान गुरुङ
8. युवा संयोजक – लोकबहादुर परियार
9. कोषाध्यक्ष – तुलसीराम भण्डारी
10. सह–कोषाध्यक्ष – अमृता पुरी
11. प्रवक्ता – सुरेश सुनार
12. महिला संयोजक – माया गुरुङ
13. मिडिया संयोजक – दुर्गा तमु
14. सांस्कृतिक संयोजक – डिबि तामाङ
15. सांस्कृतिक उप–संयोजक – रोहन कुमार परियार
सदस्य
मकवुल अमिनि
अनिल रानाभाट
चन्द्र भण्डारी
सोम परियार
राजु केसी
राज तामाङ
स्मृति गिरि (महिला सदस्य)
राम गुरुङ
सन्तोष गुरुङ
जगदिश खनाल
सल्लाहकार मण्डल
प्रमुख सल्लाहकार – हेमलाल सेवा
सल्लाहकार – खेम गुरुङ
सल्लाहकार – कृष्ण पुरी
सल्लाहकार – सिव बहादुर ढकाल
संरक्षक
प्रमुख संरक्षक – अमर सापकोटा
संरक्षक – अमृत पौडेल
संरक्षक – बासुदेव सापकोटा
संरक्षक – ओम घले
कास्की आदर्श समाज साउदी अरबको स्थापना कालदेखि नै संस्थालाई दिशा–निर्देशन गर्दै आएका संरक्षक अमृत पौडेल तथा प्रमुख संरक्षक अमर सापकोटाले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। “साथै निर्वाचन संयोजक अमर सापकोटा ज्युले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो।”
विविध संघसंस्थाका प्रतिनिधिहरूले पनि नव–निर्वाचित टिमलाई शुभकामना प्रदान गरेका छन्।


>










Discussion about this post