रियाद, सउदी अरब — रियादस्थित नेपाली दूतावासमा अवस्थित सार्वजनिक शौचालय जीर्ण अवस्थामा रहेको भन्दै प्रवासी नेपालीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। हालै बाहिर आएको तस्बिरले दूतावासभित्रको शौचालयको ढोका अत्यन्त दयनीय अवस्थामा रहेको देखाएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया परेको छ।

प्रवासी नेपालीहरूका अनुसार विदेशमा कठिन परिश्रम गर्दै देशको नाम सम्मानित बनाउन प्रयत्नरत नेपालीहरूले आफ्नै दूतावासमा यस्तो अव्यवस्थित सुविधा देख्नु विडम्बनापूर्ण भएको छ। उनीहरूका अनुसार यस्तो अवस्था केवल भवनको समस्या मात्र नभई कार्यालयको जिम्मेवारी र सेवाप्रति देखाइएको बेवास्तासँग पनि जोडिन्छ।
“देशको प्रतिनिधित्व गर्ने कार्यालयमै यस्तो अवस्था हुनु हामी सबैका लागि लज्जास्पद हो,” एक प्रवासी नेपालीले प्रतिक्रिया दिँदै भने।
उनका अनुसार दूतावासले प्रवासी नेपालीप्रति देखाउनु पर्ने सम्मान र सेवा गुणस्तर यसले प्रश्न उठाएको छ।

यस घटनापछि प्रवासीहरूका तर्फबाट दूतावास तथा सम्बन्धित निकायलाई शौचालय लगायत आधारभूत सेवाको तत्काल सुधार गर्न आग्रह गरिएको छ।

दूतावासले यसबारे कुनै आधिकारिक प्रतिक्रिया नदिएको भए पनि प्रवासी समुदायले छिटोभन्दा छिटो आवश्यक मर्मत तथा सुधार कार्य गरिने अपेक्षा राखेका छन्।

>









Discussion about this post