मिति ः २०७६ मंसिर ५ गते प्रेस समाचार
नगर विकासका लागि स्वयमंसेवा बिषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको समग्र विकास तथा समृद्धीमा स्वयम्् सेवक परिचालन गर्न सहज होस भन्ने उद्धेश्यले स्वयम्् सेवक कार्यविधि तयार गर्ने कार्य अन्तरगत पहिलो चरणमा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

युएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालीत दिगो विकास र सामाजिक सदभावका लागि नागरिक साझेदारि परियोजना अन्तरगत गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख तथा कार्यक्रमका अतिथि उमा थापा मगरले बासले उपमहानगरपालिकाका लागि बनाउन लागेको कार्यविधि आवश्यक भएको बताईन्् । सामाजिक विकासमा स्वयम्् सेवकको भूमिका महत्वपूर्ण हुने बताउदै सबै सरोकारवालाहरुको सुझाव र अन्य पालिकाहरुको अनुभवलाई समेटेर कार्यविधिको अन्तिम रुप दिईने उनले बताईन्् । नेपालगन्ज उपमहानगरपालिकाले कार्यविधि तयार गर्दा पूर्ण रुपमा उपमहानगपालिकाले सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
अन्तरक्रियाको शुरुवातमा स्वयम्् सेवा, स्वयम सेवक कार्यविधिको आवश्यकता र अभ्यासहरुका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रश्तुतीकरण गरेका थिए । त्यस पश्चात भएको छलफल कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमालले स्वयम्् सेवक कार्यविधि समुदाय स्तरमा कामको प्रभाव देखिने गरि तयार गरिनुपर्नेमा जोड दिए । उनले कार्यविधि निर्माण यथासक्य बनाई कार्यान्यनमा ल्याउन समेत आग्रह गरे । यसैगरी छलफलमा बोल्दै गैसस महासंघका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले स्वयम्् सेवक कार्यविधि निर्माण पश्चात स्वयम्् सेवक परिचालनमा सहज हुने बताए ।

यस्तै सामाजिक सद््भाव युवा समितिका सह संयोजक शाहिल अन्सारीले युवाहरुको सिर्जनशिलतालाई नगरको विकासमा लगाउन कार्यविधि सहयोगी बन्ने अपेक्षा गरे ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिब, विभिन्न संघ संस्थाका प्रतिनिधि र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
हेमराज भट्ट
सूचना अधिकारी, बास

>










Discussion about this post