Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

रबिन राउत by रबिन राउत
५ आश्विन २०७७, सोमबार ०८:४२
in समाचार
0
महामारीमा मिडियाको भूमिकाः  सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम
24
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

लण्डन। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल आयोजना गरियो  ।
उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले आफ्नो धारणा व्यक्त गर्नुभयो ।
नेपाल ब्रिटेन डटकमका प्रधानसम्पादक तथा नागरिक दैनिकका लण्डन संवाददाता चिरन शर्माले कोरोना संक्रमण सुरुवात चरणदेखि नै गैर आवासीय नेपाली संघ (एनआरएनए) तथा यसअन्तर्गतको स्वास्थ्यसमितिसँगको सहकार्यमा देश तथा विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अवस्थाबारे प्रतिवेदन तयार गरी आम सञ्चार माध्यममा पुराइएको बताउनु भयो । तर लण्डनमा बसेर सूचना स्रोतसम्म पुग्न अप्ठ्यारो अबस्था रहेकाले सेकेण्डरी सूचनाका स्रोतबाट पनि आममानिसलाई सूसूचित गर्नु परेको उहाँले जनाउनु भयो ।
कार्यक्रममा बोल्दै कान्तिपुर दैनिकका सहायक सम्पादक देवेन्द्र भट्टराईले महामारीको समयमा पनि मिडियाले आफ्नो तर्फबाट राज्यलाई सक्दो रुपमा खबरदारी गरिरहेको बताउनु भयो । मिडियाहरुले खबरदारी गरिरहँदा पनि राज्य संयन्त्र सुस्ताइरहेको उहाँको तर्क थियो । यस्तो महामारीमा पनि  मन्दिर निर्माण , सर्प पालन जस्ता कार्यतिर अग्रसर देखिँदा सरकार प्राथमिकताका विषयभन्दा बाहिर रहेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।महामारीकै समयमा अनियमितता, भ्रष्टाचार लगायत कुप्रवृति बढेकाले त्यस्तो प्रवृत्ति विरुद्ध खबरदारी गर्न निजी तथा सरकारी सञ्चारमाध्यमले उल्लेख्य भूमिका खेल्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नयाँ पत्रिका दैनिककी उपसम्पादक मुना कुँवरले  मिडियाको तर्फबाट अनुसन्धानमूलक समाचार सम्प्रेषण गरिरहेको  तर सरकारबाट अपेक्षा गरेजति काम हुन नसकेको बताउनु भयो । त्यसमा पनि मिडियाले पहरेदारको भूमिका खेलेर खबरदारी गरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा रेडियो कान्तिपुरकी उपसम्पादक इन्द्रलक्ष्मी घिमिरेले पनि महामारीको समयमा भएका विकृति विसंगति उजागर  गर्न नेपाली मिडियाले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । नेपालमा अझै करिब ५५ प्रतिशत रेडियो प्रयोगकर्ताहरु रहेकाले रेडियोबाट प्रसारण गरिएका जनचेतनाका  विषयहरु समुदायसम्म पुगेको उहाँले बताउनु भयो ।
नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनिता बिन्दुले सरकारी अथवा निजी  सञ्चारमाध्यमहरुले सक्दो रुपमा आफ्नो स्रोत साधनले भ्याएसम्म समाचार तथा सूचनाहरु सम्प्रेषण गरिरहेको बताउनु भयो। स्वास्थ्य सुरक्षाका सामग्रीको अभावका बाबजुद  पनि पत्रकारहरु फ्रन्टलाइनमा खटिएर सत्यतथ्य सूचना दिन अग्रसर रहेको उहाँको भनाइ थियो । तर केही सञ्चारमाध्यमहरुले महामारीको अवस्थामा अफवाह फैलाउने प्रवृतिले गर्दा यसबाट नकारात्मक सन्देश समाजमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा अन्नपूर्ण दैनिकका वरिष्ठ सम्वाददाता तुल्सी सुवेदी तथा नेपाल टेलिभिजका कार्यक्रम प्रस्तोता किशोर निरौलाले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
गैर आवासीय नेपाली संघको स्वास्थ्य  समितिका संयोजक डा। संजिव सापकोटाले सञ्चार माध्यमहरुले महामारीका समयमा स्वास्थयकर्मी र आम जनसमुदायबीच पुलको भूमिका खेलीरहेको  बताउनु भयो । यसरी पुलको भूमिका खेल्ने सञ्चारमाध्यमहरुले सहि सूचना सम्प्रेषणमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो  । पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा सनसनीपूर्ण हेडलाइन राखेर समाचार सम्प्रेषण गर्ने प्रवृतिले गर्दा समुदायमा नकारात्मकता फैलिएको उहाँको भनाइ थियो  ।
बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ योगीले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु तथा सरोकारवालाहरुको उपस्थिति थियो ।

Previous Post

मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा कुलपानी क्षेत्रको अवलोकन

Next Post

मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर

Next Post
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर

मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal