चैत २४ गते रिलिज हुने चलचित्र ‘प्रसाद २’को गीत ‘मार्सी धान’ बोलको गीत सार्वजनिक भएको छ् । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको हो गीतमा राजनराज र् मिलन नेवारको आवाज रहेको छ् ।
गीतमा म्युजिक भिडियोको चर्चित जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । शीर्ष कलाकारहरु विपिन कार्की र केकी अधिकारी पनि गीतमा फिचर्ड छन् । यी चारैजना कलाकार गीतमा छमछमी नाचेका छन् । गीतमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।
चलचित्र ‘प्रसाद २’ मा विपिन कार्की , केकी अधिकारी , अर्पण थापा र् महेश त्रिपाठीको मुख्य भुमीका छ् भने चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन ,सुशील पौडेलको पटकथा लेखन रहेको चलचित्रमा सुवास थापाको प्रस्तुति र् सुदर्शन बस्नेत निर्माण रहेको छ् ।

>










Discussion about this post