मनको दुःख बिर्सिएर………………
मनको दुःख बिर्सिएर खुसी मन बनाऊ
मनमा मायाको फूल फुलाई सजाएर राखिदेऊ
माया प्रेमका कुरा लेखेर किताब बनाएर राखौँ कि
मन सँग मन मिलेपछि मायाको रङ देखिन्छ कि
जिन्दगी कसरी चल्छ कसैलाई थाहा हुँदैन हुनु पनि हुँदैन
नजिक आउँ मायाको बन्धनले जोडिन्छ कि मन
धेरै गुनासो छ सुन्न समय छ कि
मायाले जिन्दगीको बाटो हिँड्न सहज बनाउँछ कि
पवित्र मायाको आभास गरिदेऊ
मायाले जिन्दगी यो बदलिदेऊ
मनको दुःख बिर्सिएर खुसी मन बनाऊ
मनमा मायाको फूल फुलाई सजाएर राखिदेऊ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

>










Discussion about this post