धरान। कोभिड महामारीपछि साढे दुई बर्षपछि आयोजना भएको ूटुबोर्ग मेगा लाइभ कन्सर्ट ू मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताए।धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल (नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट सुरु गरेका थिए। ४ बर्ष पछि धरान( कन्सर्टमा आएका रबिनले भेटे मैले शिवाजी,केटाकेटी पहिलो नाम , जति माया लाएपानी ,चिसो चिसो हावा दम मरो दम लगायत का कारब १ दर्जन गीतहरु गाएर धरानेहरुलाई फेरि पनि आफ्नो तालमा नचाए ।

पुषको जाडो भएपनि हजारौ दर्शकहरु रबिन एण्ड न्यू रेभुलुसनको गीतमा पुरा मनोरंजन लिईरहेको देख्न सकिन्थ्यो। रबिन एण्ड न्यू रेभुलुसनबाट गायक रबिन तामांग संगै प्रविन दास श्रेष्ठ ,हरि कृष्ण महर्जन र बिजय बिस्वकर्मा स्टेजमा ओर्लिएका थिए।
कोभीड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउंदै गायक तामांगले सबैलाई सेफ्टीको लागि मास्क ,सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे।

टुबोर्ग मेगा लाईभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसन सँंगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए। गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन्। उनको प्रस्तुतिको पनि दर्शकहरु बाट निकै प्रशंशा पाएको थियो। त्यस्तै फ्री बर्ड्स ब्याण्डल ले समेत गीतहरु गाएको थियो। सुन्दर साउण्ड सर्भिस ,धरानको साउण्ड (लाइट पनि उत्कृस्ट रहेको थियो।
कन्सर्टको संचालन गोबिन्द राजभण्डारीले गरेका थिए।

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कन्सर्ट डिभाईन वाइन प्रिमियम, रेडब्लु इनर्जी ड्रिंक, जल पाइप्सको सह प्रायोजन, ब्ल्याकपिग इन्टरटेनमेन्ट , एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्ट ,एनएचडीडी स्टुडियो र हंगकंग खबर डट कमको बिशेष सहयोग र हाङ्कुक सारंग रेस्टुरेन्ट , भिन्टेज फेमेली रिसोर्ट , डी मांडू ज्वाईखाना र फ्रेन्ड्स गार्डेनको सहयोगमा भएको हो।
टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भईसकेको छ। मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो।




>









Discussion about this post