कमेडियन अपूर्वक्षितिज सिंहलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रवक्ता दीपक दाहालले जानकारी दिए।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो। बिहीबार अदालतले उनको बयान लिएको थियो। यस्तै थुनछेक बहसपछि अदालतले उनलाई छाड्न भनेको हो। ्
कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।

>







Discussion about this post