Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘ऐना झ्यालको पुतली’ नेपालबाट ओस्कर अवार्डका लागि छनौट

रबिन राउत by रबिन राउत
४ आश्विन २०७९, मंगलवार १७:५६
in मनोञ्जन
0
‘ऐना झ्यालको पुतली’ नेपालबाट ओस्कर अवार्डका लागि छनौट
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

३ असोज, काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएको छ । अहिले निकै चर्चा र प्रशंसाका साथ प्रदर्शन भइरहेको यस चलचित्रले नेपालको तर्फबाट ओस्करमा प्रतिनिधित्व गर्ने भएको हो । 

सुजित बिडारी लिखित÷निर्देशित ‘ऐना झ्यालको पुतली’लाई नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सन् २०२३ को मार्चमा हुने ९५ औं ओस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिले निर्धारित मितिसम्म आवेदन परेका तीन फिल्मबाट ‘ऐना झ्यालको पुतली’लाई सफिारिस गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाएको छ । तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी निर्णय गरेको समितिले जनाइएको छ । अर्को दुई फिल्म ‘प्रकाश’ र ‘राधा’को पनि आवेदन परेको थियो । 

विमल पौडेलको अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । 

चलचित्रबारे

नेपालको ग्रामिण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ एउटा भाइको रहको कथा, एउटी दिदीको सपनाको कथा, एउटी आमाको संघर्षको कथा हो । दिग्गज व्यक्तित्व तथा चलचित्रप्रेमीले यस चलचित्रलाई ‘आफ्नै परिवेश र माटोको कथा बोकेको तथा शैलीगत रुपमा पनि उत्कृष्ट नेपाली चलचित्रको रुपमा प्रशंसा गरिरहेका छन् ।

चलचित्रमा देखिएका कञ्चन चिमरिया (लक्ष्मी), दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, बिषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन् । रङ्गकर्मी तथा चलचित्रकर्मी केदार श्रेष्ठ र आकाश मगर कास्टिङ निर्देशक हुन् ।

भाद्र २४ देखि देशैभरको हलहरुमा चलिरहेको ‘ऐना झ्यालको पुतली’ लोकल सिनेमाको ब्यानरमा आइसफल प्रोडक्सन र अर्को फिल्मको सहकार्यमा निर्माण भएको हो । यसका निर्माता प्रवीण स्याङ्बो, आकाश पोडेल, सुजित बिडारी र रामकृष्ण पोखरेल हुन् । साथै यसमा अमर महर्जनको छायाँकन, कला संग्रौलाको निर्माण परिकल्पना, किशोर आचार्यको ध्वनि परिकल्पना, पुष्प संगीतको पाश्र्व संगीत, जानकी कडायतको भेषभुषा परिकल्पना रहेको छ । 

Previous Post

एएमएस नेशनल सम्मान तथा अवार्ड कार्यक्रम हुँदै

Next Post

प्रेम गीत -३ को अग्रिम बुकिङ आक्रमक , हिन्दी भर्जनको उच्च माग

Next Post
प्रेम गीत -३ को अग्रिम बुकिङ आक्रमक , हिन्दी भर्जनको उच्च माग

प्रेम गीत -३ को अग्रिम बुकिङ आक्रमक , हिन्दी भर्जनको उच्च माग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal