Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रास्वपाभित्रको बहिर्गमनप्रति चिन्ता आवश्यक छैन, नेतृत्व अझै बलियो हुँदै

खगेन्द्र बराल by खगेन्द्र बराल
३ मंसिर २०८२, मंगलवार ०९:०५
in देश, पत्रपत्रिका, राजनीति, विचार, समाचार
0
रास्वपाभित्रको बहिर्गमनप्रति चिन्ता आवश्यक छैन, नेतृत्व अझै बलियो हुँदै
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका केही बहिर्गमन घटनाले पार्टी समर्थकबीच चिन्ता पैदा गरेको छ। सुमना र सन्तोष परिवारले पार्टी छोडेको प्रसङ्गसम्म, केही कार्यकर्ताहरू बीच “लगातार नेता र सदस्यहरू बाहिरिँदैछन्” भन्ने चिन्ता देखिएको छ।

तर विश्लेषकहरू भन्छन्—यो चिन्तित बन्नुपर्ने विषय होइन। रास्वपा कुनै व्यक्तिले छोडेर कमजोर हुने संगठन छैन। पार्टी स्वयं संस्थापक तथा अध्यक्ष रवि लामिछानेको दूरदृष्टि र नेतृत्वद्वारा निर्माण भएको संरचना हो, जसको आधार व्यक्तिगत सम्बन्ध होइन, जनताबाट प्राप्त व्यापक विश्वास हो।

पार्टीभित्र केही व्यक्तिहरू बाहिरिनु स्वाभाविक प्रक्रिया भएको बताइन्छ। “एउटै आमाबाबुबाट जन्मिएका दाजुभाइबीच पनि मनमुटाव हुन्छ, बाटा छुट्टिन्छ। पार्टीमा त विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरू स्वभावतः असहमत हुने र अलगिने सम्भावना रहन्छ,” पार्टी निकट एक विश्लेषकले बताए।

उनका अनुसार, रास्वपामा थुप्रै नेताहरू जनताले नचिनेका अवस्थामा पार्टीमा प्रवेश गरे, सांसद बने, अवसर पाए। अवसरसँगै जिम्मेवारी र अहंकार दुवैले बढ्ने भएकाले केही असन्तुष्टि भएर अलगिन चाहनु स्वाभाविक हो। “अलगिनको लागि आरोप र बहाना चाहिन्छ, र त्यो उनीहरूले गरे। त्यसमा अचम्म छैन,” उनको भनाइ छ।

रवि लामिछानेको नेतृत्व शैलीलाई धेरैले ‘निरन्तर नयाँ तारा जन्माउने’ क्षमताको रूपमा व्याख्या गर्छन्। चार महिनामै नयाँ राजनीतिक संरचना सिर्जना गर्ने उनको क्षमतालाई उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। “पुराना तारा खसेर आकाश अन्धकार हुँदैन। ४० लाखभन्दा बढी जनसमर्थनले उनलाई केन्द्रमा राखेको गुरुत्वाकर्षण बल अझै कायम छ,” विश्लेषकको टिप्पणी।

उनका अनुसार रास्वपा कमजोर नभई, संगठनात्मक रूपमा अझै परिपक्व र अनुशासित बन्दैछ। “जानेलाई जान दिनु उचित हो, गाली गर्नु आवश्यक छैन। पार्टीले नयाँ नेतृत्व जन्माउने क्षमता राख्छ,” उनी थप्छन्।

नेतृत्व स्रोतहरूका अनुसार, रास्वपाको वर्तमान यात्रा संस्थापक अध्यक्षकै दृष्टि, योजना र जनसमर्थनमा आधारित छ। “यो यात्रा सुरु पनि रवि लामिछानेले गरे, गति पनि उनले नै दिए, र भविष्यमा जे हुनेछ, त्यो निर्धारण गर्ने शक्ति पनि नेतृत्वमै छ। जन्माउनेले हुर्काउन पनि जान्दछ,” स्रोतको भनाइ छ।

विश्लेषकहरूका अनुसार, रास्वपाको हालको अवस्था ‘दबाब होइन, रूपान्तरणको चरण’ हो, जसले पार्टीलाई अझ परिपक्व, सुदृढ र व्यवस्थित बनाउँदै लैजानेछ।

Previous Post

रास्वपा भित्रका विवादास्पद पात्रको पर्दाफास गर्दै आएको पत्रकार सन्तोष देउजाको दाबी

Next Post

साउदी अरबको मक्काबाट मदीना जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु

Next Post
साउदी अरबको मक्काबाट मदीना जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु

साउदी अरबको मक्काबाट मदीना जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal