काठमाडौ । नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत रिलिज भएको छ । ‘मिठा मिठा’ बोलको गीतमा गायिका सुदिताकै शब्द तथा संगीतपनि रहेको छ । यस गीतलाई चर्चित गायक तथा संगीतकार देबेश राईले एरेञ्ज गरेका छन् । यो गीत बिशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायिका सुदिता राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो । बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड छिन् । भिडियोलाई बिशाल राई निर्देशन गरेका हुन्, भने छायाँकन र सम्पादन पनि बिशालकै रहेको छ । गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन् । चर्चित गायक राई इज किङ राजेश पायल राईसंगको गीतपनि अहिले चर्चामा रहेको छ ।
भिडियो हेर्नुहोस्

>








Discussion about this post