Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुरक्षा पन्त भन्छिन्: ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो

रबिन राउत by रबिन राउत
३२ श्रावण २०८०, बिहीबार १५:३२
in मनोञ्जन, समाचार
0
सुरक्षा पन्त भन्छिन्: ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा रत्नपार्कसँग जोडिएको छ । यस फिल्मको पात्र आफूले अहिलेसम्म निर्वाह गरेकामध्येको गाह्रो लागेको सुरक्षा सुनाउँछिन् ।  

त्यसको कारण हो, समाजको संवेदनशिल पात्रको भूमिका निर्वाह गर्दै थिइन् उनी । त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो ।

यद्यपि, जति धेरै इन्फमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सक्थिन् । त्यसैले त्यो पात्रको तयारी गर्न गाह्रो हुने उनलाई सुरुवातमै लागेको थियो । तर, उनी हरेक फिल्ममा चुनौती मोल्न तयार अभिनेत्री हुन् । यसअगाडिका फिल्मबाट उनले त्यो कुरा प्रमाणित गरिसकेकी छिन् । ‘जुलेबी’मा पनि उनले चुनौती मोल्न तयार भइन् ।

त्यसका लागि केही पूर्वं तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगिन् । तर, त्यसरी जाँदा पात्रसँग भेट्न पाइनन् । कोहीसँग बोल्न, कुरा गर्न पाइनन् ।
फिल्मकै सदस्यमार्फत एकजना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो । ‘उहाँले एउटा कलाकारका रुपमा महिला चिन्नुहुँदो रहेछ । तपाईको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरी नै खुशी हुनुभयो’ सुरक्षा पात्रको तयारीका कुरा सुनाउँछिन् ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरु मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’

एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने उनलाई ‘टफ’ भयो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाएपनि उनीहरुको ‘बडिल्याङवेज’ नियालिन् । धेरै पात्रबाट थोरै धेरै कुराहरु लिइन् र अर्कै फ्यूजनको पात्रमा आफूलाई ढाल्दै गइन् । ‘मेरो पात्र हेर्दाखेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंकित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो ? भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशिलता मेन्टेन गर्छ’ उनले भनिन् ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्यूजन गरेर तयार गरेको हो ।’

डबिङका क्रममा सुरक्षाले फिल्म हेरिन्, त्यसपछि उनी फिल्मलाई लिएर सन्तुष्ट छिन् । ‘दर्शकलाई कस्तो लाग्ने हो, त्यो त अहिले भन्न सक्दिन्’ उनले भनिन्, ‘तर, म चाहीँ सुखी छु । फिल्मलाई लिएर सन्तुष्ट छु ।’

फिल्मको कथा तह–तहमा रहेको उनले जानकारी दिइन् । सोहीकारण अर्को किसिमका दर्शकका लागि फिल्म अझ रुचिकर हुनसक्ने अपेक्षा उनको छ । फिल्ममा सुरक्षासँगै उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । फिल्मले रत्नपार्कसँग जोडिने यी शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षा बताउँछिन् ।

‘हामीले अलिकति लेयरवाला फिल्म हेर्नै पाएका छैनौं, सबै सतही–सतही भयो । जेलिएका सम्बन्धहरुको बारेमा भित्री गहिराईसम्म पुगेका कथा खोइ त ? भनेर फरक खोज्नुभएका दर्शकहरुले अझ बढी रुचाउनुहुनेछ’ उनी भन्छिन्, ‘तर, अलि सटेन धार हेरिरहनुभएको, त्यसमा इन्जोय गरिरहनुभएका दर्शकहरु के गर्नुहुन्छ थाहा छैन् । यद्यपि, क्रिटिक्सबाट चाहीँ राम्रो फिडब्याक आउने अपेक्षा लिएकी छु ।’  केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ । आभा शर्मा नेपाल यस फिल्मको निर्माता रहेकी छन् । चलचित्रको कार्यकारी निर्माता नविन भट्ट हुन्। 

Previous Post

चलचित्र ‘दान्भी’मा पूजा शर्माको एक्सन अवतार

Next Post

नेपाल म्युजिक भिडियो निर्देशक समाजले शम्भुजीतसहितका श्रष्टालाई सम्मान गर्दै

Next Post
नेपाल म्युजिक भिडियो निर्देशक समाजले शम्भुजीतसहितका श्रष्टालाई सम्मान गर्दै

नेपाल म्युजिक भिडियो निर्देशक समाजले शम्भुजीतसहितका श्रष्टालाई सम्मान गर्दै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal