अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको छ् । निर्माण टिमले चलचित्रको छायांकन क्लाइमेक्स खिचिंदै सुरु गरेको हो । निर्माण पक्षले उपलब्ध गराएको केही तस्विरमा पूजा दुई हातमा बञ्चरो लिएर एक्सन अवतारमा देखिएकी छन् । एक तस्विरमा उनी गाडीभित्र घाइते अवस्थामा रहेका दुई पुरुष खलपात्रको छातिमा टेकेर एङ्ग्री लुक्समा चित्रित छिन् ।

चलचित्र ‘दान्भी’ को निर्देशक रुपेश तामाङ हुन भने द्वनद्व निर्देशन श्री श्रेष्ठ,कोरियोग्राफी कविराज गहतराजको ,हरि लामा घलेको छायांकन र् अर्जुन पोखरलेको संगीत रहेको छ् ।पूजाले क्लाइमेक्स को दृश्यमा १०० जना फाइटर सँग फाइट खेलेकी छीन । एक्सन प्रदान चलचित्रमा नायक कुन्साङ बोमजोमको अभिनय रहेको छ् । केही हप्ता अगाडि चलचित्रको एउटा गीतको छायांकन पनि भाईसकेको छ् ।

उक्त गीतमा नायक कुन्साङ र् नायिका पूजा फिचर्ड छन ।चलचित्र ‘दान्भी’को छायांकन नेपाल र् भारतको दार्जिलिङमा गरिने छ् । चलचित्रको क्लाइमेक्स र केही एक्सन दृश्य खिचिसकेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जानेछ निर्माण टिम । दर्शकले साउथ र बलिउड चलचित्रमा देख्दै आएका एक्सन हेर्न पाउने छन ।‘दान्भी’मा ‘दान्भी’को रिलिज मिति तय गरिएको छैन ।


>









Discussion about this post