बलिउड सुपरस्टार सलमान खान बैशाख ३ गते नेपाल आउने भएका छन । सलमान खान सँगै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल, कलाकार आयुश शर्मा, गायक गुरु रन्धावा लगायतको टोली नेपाल आउनेछ ।
सन २०१८ मै सलमान खान र् उन्को टोली नेपाल आउने कुरा थियो तर तत्कालीन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न धम्की दिएपछि आयोजकले अन्तिम समयमा सलमानको टुर रद्द गरेको थियो ।
अब भने उक्त कार्यक्र्म बैशाख ३ गते हुने पक्का भएको छ् ।

>









Discussion about this post