नेपाली जनसम्पर्क साउदी अरबको दोस्रो राष्ट्रिय ऐतिहासिक अधिबेशन मिति १४ मे २०२१ तदनुसार ३१ बैशाख २०७८ शुक्रबारका दिन जुम भर्चुअल अनलाईन मार्फत सम्पन्न भएको हो । नेपाली कांग्रेस पार्टी उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री बिमलेन्द्र निधि प्रमुख अतिथि रहनुभएको उक्त अधिवेशन समुद्घाटन समारोहका केन्द्रीय प्रतिनिधि भने महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति युएईका सभापति श्री भुवानी प्रसाद तिमिल्सिना रहनुभएको थियो । विशिष्ट अतिथिमा नेपाली कांग्रेस पार्टी सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत हुनुहुन्थ्यो भने बिशेष अतिथिहरुमा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं नेपाली जनसंपर्क समिती समन्वय बिभाग प्रमुख श्री गोबिन्द भट्टराई, नेपाली काग्रेस केन्द्रिय सदस्य एवं संसद सदस्य (प्रतिनिधी सभा) एवं नेपाल महिला संघ पुर्व अध्यक्ष माननीय डा. डिला संग्रौला, नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं ने. बि. संघ पुर्व अध्यक्ष श्री प्रदिप पौडेल, पुर्व रक्षामन्त्री एवं संसदीय सुनुवाई समिति सदस्य मानानीय श्री भिमसेन दास प्रधान, नेपाली राजदूतावास रियाद साउदी अरबका राजदूत महामहिम प्रो.डा.श्री महेन्द्र सिंह राजपूत, नेपाली कांग्रेस आमन्त्रीत केन्द्रिय सदस्य एवं जनसंपर्क समिति अमेरिकाका सभापति श्री आनन्द बिष्ट, नेपाली कांग्रेस आमन्त्रीत केन्द्रिय सदस्य एवं जनसंपर्क समिति भारतका सभापति श्री बालकृष्ण पाण्डेय हुनुहुन्थ्यो ।

कार्यक्रमको अतिथिहरुमा नेपाली जनसम्पर्क समिति अन्तर्गत विदेश स्थित केन्द्रीय विभागीय सदस्यहरु, विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, नेपाली जनसम्पर्क समिति साउदी अरबका भूतपूर्व पदाधिकारीहरु, क्षेत्रीय समितिका पदाधिकारीहरु, क्रियाशील सदस्यहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, साउदी अरब स्थित बिभिन्न राजनैतिक दलका पदाधिकारीहरु, साउदी अरब स्थित विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु, सामाजिक अभियन्ताहरु साथै बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनलाइन मिडियाकर्मीहरुको बबृहत अनलाइन भर्चुअल तथा प्रत्यक्ष उपस्थितिमा भब्य र सभ्य रूपमा सम्पन्न भएको हो ।
अधिवेशन कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो । पहिलो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रममा समितिका कोषध्यक्ष द्वारीकाराज गिरिले २०१७-२०२० कार्यकालको आय-ब्ययको आर्थिक प्रतिबेदन र महामन्त्री सुरेश राज त्रिपाठीले २०२७-२०२० कार्यकालको सांगठानिक कार्य प्रगति विवरण विवरण प्रस्तुत गर्नुभएको थियो भने बिधान संसोधन समितिका संयोजक मोहन अधिकारीले सम्सोधित बिधान निर्णायर्थ पारितको लागि प्रस्तुत गर्दै उक्त सम्सोधित बिधान बहुमतले पारित गरिएको थियो । यसै कार्यक्रममा निर्वाचन समितिका संयोजक मदन ओडारीले नयाँ कार्यसमिति तथा महासमिति सदस्यहरु सर्बसम्मतिबाट चुनिएको जानकारी गराउँदै सर्वसहमती नभएका महाधिवेशन प्रतिनिधिहरुको चयनको लागि निर्वाचन समितिको बैठक बसी निर्वाचन आचार संहिता प्रस्तुत गर्दै अनलाइन भोटिङ प्रकृयाद्वारा निर्वाचन गराइको थियो । उक्त निर्वाचन प्रक्रियाबाट बिजयी महाधिबेशन प्रतिनिधिहरु, निर्बिरोध निर्वाचित भएका महासमिति सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नाम केन्द्रिय प्रतिनिधिको रोहबरमा उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि, बिशिष्ट अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु तथा सम्पूर्ण उपस्थितिहरु माझ घोषणा गरिएको थियो ।

दोस्रो चरणमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी उपसभापती एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री बिमलेन्द्र निधी ज्युले नेपालबाट दिप प्रज्वलन गरी नेपाली जनसंपर्क समिती साउदीअरबको दोस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन गर्नुभएको थियो भने उक्त कार्यक्रमका सभापति श्री दिपक रेग्मी ज्युले कार्यक्रम स्थलमा दिप प्रज्वलन तथा ब्यानर अनावरण गरी प्रमुख अतिथीलाई समुद्घाटनमा साथ दिनु भएको थियो । राष्ट्रिय गान बजाएर राष्ट्र प्रति उच्च सम्मान गर्दै र राष्ट्रको लागि बिभिन्न काल खन्डमा बिरगती प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु प्रति श्रद्दा भावका साथ सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गर्दै अगाडि बढेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई समितिका प्रथम उपसभापति श्री नमराज लामिछाने ज्युले स्वागत मन्तब्य प्रस्तुत गर्दै हार्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु, बिशेष अतिथिहरु, बिशिष्ट अतिथिहरुले नवनिर्वाचित कार्यसमितिलाई, महासमिति सदस्य तथा महाधिबेशन प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । अतिथिहरुले शुभकामना मन्तब्य दिने क्रममा थप केही भनाइहरु राख्दै बिशेष गरी अहिले विश्वमहामरीको रुपमा फैलिएको कोभिड १९ कोरोनाबाट सुरक्षित रहन र देश भित्र कोरोना कहरले निम्त्याएको संकटमा विश्वभर छरिएर रहेका नेपाली जनसंपर्क समितिहरुले साथै नेपाली कांग्रेसका सम्पूर्ण भातृ संगठनहरुले, नेपाली कांग्रेस पार्टीले एक भएर सहयोग गर्न र देश र जनतालाई बचाउन सबैले अहम भूमिका खेल्नुपर्नेमा बिशेष जोड दिन अनुरोध गर्नुभएको थियो साथै पार्टिको आसन्न १४ औं महाधिबेशनको बारेमा, पार्टीको बारेमा र सरकार र सरकारले यतिबेला देश र जनताको लागि खेल्नुपर्ने भूमिका, गर्नुपर्ने कामहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका संयोजक श्री मदन ओडारी ज्युले नवकार्यसमितिका पदाधिकारीहरु, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु सबैलाई सपथ ग्रहण गराउनु भएको थियो भने उक्त कार्यक्रमका सभापति श्री दिपक रेग्मी ज्युले नेपाली जनसंपर्क समिति साउदी अरबको अधिबेशन सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
नेपाली जनसमपर्क समिती, साउदिअरब
२०२१ – २०२४ कार्यसमिती
१. सभापति – श्री तुसङ (अर्जुन) बहादुर थापा
२. बरिष्ठ उपसभापती – श्री द्वारीकाराज गिरी
३. उपसभापती – श्री पदम प्रसाद पाण्डे
४. उपसभापती – श्री बाबुराम खनाल (मनोनित)
५. महामन्त्री – श्री सुरेश राज त्रिपाठी
६. कोषाध्यक्ष – श्री अरुण बेल्बासे
७. सहमहामन्त्री – श्री सुजनशेर राई
८. सहमहामन्त्री – श्री नेत्र प्रसाद खतिवडा (मनोनित)
९. सहकोषाध्यक्ष – श्री बुद्दीसागर सुबेदी (मनोनित)
१०. सहकोषाध्यक्ष – श्रीमती शोफिना चापागाईं न्यौपाने (मनोनित)
११. सदस्य – श्री गोपाल पंगेनी
१२. सदस्य – श्री नरेश सापकोटा
१३. सदस्य – श्री कृष्ण भुसाल
१४. सदस्य – श्री पदम बहादुर महत्ता
१५. सदस्य – श्री सुर्यमणी पाण्डे
१६. सदस्य – श्रीमती कल्पना बस्नेत पोखरेल
१७. सदस्य – श्री बुद्दिमान घले
१८. सदस्य – श्री भिम विश्वकर्मा
१९. सदस्य – श्री तुल्सी राम दुवाल
२०. सदस्य – श्री प्रविण ढुंगाना (मनोनित)
२१. सदस्य – श्रीमती प्रमिता प्रधान लिम्बु (मनोनित)
२२. सदस्य – श्री सुनील आरण (मनोनित)
२३. सदस्य – श्रीमती निर्मला घले (मनोनित)
२४. सदस्य – श्री बुद्दी बहादुर बिक (मनोनित)
२५. सदस्य – श्री मोहन अधिकारि (मनोनित)
महासमिति सदस्यहरु :
१. श्री तुसङ (अर्जुन) बहादुर थापा
२. श्री दिपक रेग्मी
३. श्री द्वारिका राज गिरि
महाधिबेशन प्रतिनिधिहरु :
१. नमराज लामिछाने
२. सुरेश राज त्रिपाठी
३. प्रमोद लामिछाने
४. पुरुषोत्तम खनाल

>










Discussion about this post