अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक चलचित्र ‘खुस्मा’ देखिने भएका छन् । चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्दै छन । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने चलचित्रक कथा द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित हुने छ ।

एम मिडियाको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी रहेका छन । चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी सहित अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) र अरुण मगरको पनि अभिनय रहनेछ ।चलचित्रको छायांकन यही माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा गरिनेछ ।

>








Discussion about this post