Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साग ह्याण्डबल टोली बैदेशिक प्रशिक्षणमा, पुरुष टोली भारत र महिला टोली थाईल्याण्डतर्फ प्रस्थान |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ कार्तिक २०७६, बिहीबार १८:२१
in खेलकुद, देश, समाचार, समाज
0
साग ह्याण्डबल टोली बैदेशिक प्रशिक्षणमा, पुरुष टोली भारत र महिला टोली थाईल्याण्डतर्फ प्रस्थान |
47
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter


पोखरा, २८ कार्तिक,

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत करिब तिन महिना देखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली बैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ ।

बैदेशिक प्रशिक्षण अन्तरगत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली मित्र राष्ट्र भारतको चण्डिगढ स्थित पटियालामा प्रशिक्षण गर्नेछ भने महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।
दुबै टोलीलाई पोखरा रंगशाला राष्ट्रिय झण्डा सहित बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनहरुलाई समाप्त पार्न आफ्नो पहल रहेको बताए । उनले समाजलाई खेलबाट नयाँ सन्देश दिनुपर्ने तर्फ ईंगित गर्दैै भने–‘समाजका हरेक तप्कालाई आफ्ना छोरा–छोरीलाई खेलतर्फ आर्कषित गर्न राज्यले खेलाडीलाई सबै सुविधा उपलव्ध गराउन आवश्यक छ ।’


राष्ट्रिय खेलकुद परिषद सदस्य गुरुङले १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तिमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नो तर्फ बाट पहल रहने बताए । उनले त्यो मात्रै नभई कम्तिमा पनि खेलाडीले आफ्नो जिवनयापन संगै बाँच्ने आधार स्थपित गर्न राज्यको ध्यान जानुपर्ने कुरा उल्लेख गर्दै भने–‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र यूवामा पु¥याउनु पर्छ ।’ उनले ह्याण्डबलले १३ औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको बताए ।


संघका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंकक स्थित विश्वविद्यालय टोलीहरु संग १० देखि १२ वटा मैत्रीपूर्ण म्याच सहित अभ्यास म्याचहरु खेल्ने जानकारी दिए । उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानिय टिमहरु संग मैत्रीपूर्ण खेलहरु खेल्ने जानकारी दिए ।
दुबै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १३ औं साग अन्तरगत ह्याण्डबल खेल मंसिरको १७ गते बाट पोखरा रंगशाला स्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ ।


विदाई कार्यक्रममा १३ औं साग स्थानिय सहजिकरण समितीका सचिब लक्ष्मण योगी, कास्की ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल संघका बैदेशिक विभाग प्रमुख राम गुरुङ लगाएतको उपस्थिती रहेको थियो । भारत जाने पुरुष खेलाडीहरुमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यम बहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन ।


यसै गरि महिला टिम तर्फ टिम कप्तान रञ्जना राई, बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा रहेका छन ।
यस संगै दुबै टोलीका टिम म्यानेजर जिवन बस्नेत र शान्ती थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुण लाल कर्ण, कृष्ण शाक्य, टेक बहादुर परियार र विन्दा थापा रहेका छन ।

Previous Post

ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल सुरु |

Next Post

अकी यु–१४ च्याम्पियन | १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ?

Next Post
अकी यु–१४ च्याम्पियन | १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ?

अकी यु–१४ च्याम्पियन | १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal