कोरोना संक्रमण मुक्त भएर हाल गायक एवं संगीतकार दिप श्रेष्ठ केही दिन अगाडि घर फर्किएका छन् । हाल उनी घरमै आराम गरिरहेका छन । यसै बिच दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संगीतकर्मी कल्याणकारी कोषबाट २ लाख रुपैयाँ दिने निर्णय भएको संघका अध्यक्ष पारस मुकारुङले जान्नकारी गराएका छन । संगीतकर्मी कल्याणकारी कोषबाट संगीतकार संघले यसअघि पनि स्रष्टाहरुलाई सहयोग गर्दै आएको छ ।

>








Discussion about this post