Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विश्व स्वास्थ्य संगठनले काेराेना बारे फैलिएका यी १४ कुरा पूरै झुट भएकाे र विश्वास नगर्न आग्रह ,

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३० फाल्गुन २०७६, शुक्रबार १३:४०
in अन्य, कारोबार, प्रवास, विश्व, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
विश्व स्वास्थ्य संगठनले काेराेना बारे फैलिएका यी १४ कुरा पूरै झुट भएकाे र विश्वास नगर्न आग्रह ,
1.1k
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाभाइरसका कारण विश्वभर करिब १ लाख ३५ हजार मानिसहरु संक्रमित भइसकेका छन् । यसबाट मृत्यु हुनेको संख्या ५ हजार पुग्न लागेको छ । यस्तो भयावह अवस्थामा पनि विश्वभर कोरोनाभाइरसबाट बच्ने विषयमा विभिन्न हल्लाहरु फैलिइरहेका छन् । मानिसहरुका मनमा कैयौं कल्पनाहरु छन् । जस्तै – तातो पानीले नुहाउँदा कोरोनाबाट बचिन्छ, चिसोमा कोरोनाभाइरस मर्दैन आदि । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले यी कल्पना र हल्लाहरुलाई तोड्नको लागि निर्देश जारी गरेको छ ।

१। कोरोना गर्मी वातावरणमा फैलिन्छ भन्ने कल्पना मात्र हो । कोरोनाभाइरस जुनसुकै वातावरणमा फैलिन्छ । यसको लागि तातो वातावरण हुनु जरुरी छैन । डब्लुएचओले वातावरणमा ध्यान दिएर लापरवाही नगर्न र आफू पूरै तरिकाले सुरक्षित रहन भनेको छ । हातको सफाइ गरिरहनुस् । यो भाइरसले कुनै पनि वातावरणमा तपाइँलाई संक्रमित गर्न सक्छ ।

२। चिसो वातावरण र हिउँमा कोरोनाभाइरस मर्दैन भन्ने पनि कोरा कल्पना हो । भाइरस कुनै पनि तापक्रममा मर्न सक्छ यदि उसको अनुकूल वातावरण भएन भने । सामान्य रुपमा मानव शरीरको तापक्रम ३६।५ देखि ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यो तापक्रम बाहिरी वातावरणबाट धेरै प्रभावित हुँदैन ।

३। तातो पानीले नुहाउँदा कोरोना फैलिँदैन भन्ने पनि कल्पना मात्र हो । कोरोना भाइरस तातो पानीमा पनि बाँच्न सक्छ । तपाइँको शरीरकै तापक्रम ३६।५ देखि ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यदि धेरै तातो पानीले नुहाउनुभयो भने तपाइँको शरीर नै जल्न सक्छ तर कोरोनाभाइरस मर्दैन ।

४। कोरोनाभाइरस लामखुट्टेबाट फैलिँदैन भन्ने पनि कल्पना मात्र हो । अहिलेसम्म डब्लुएचओले यो भाइरस लामखुट्टेबाट फैलिँदैन भन्ने तथ्य प्रमाणित गरेको छैन । कोरोनाभाइरस श्वास प्रश्वाससम्बन्धी भाइरस हो । जो हावामा तैरिरहेका पानीका कणहरुबाट फैलिन्छ चाहे त्यो हाच्छ्यूँ होस् वा खोकी । जब कसैले हाच्छेयुँ गर्छ वा खोक्छ उसको मुख र नाकबाट निस्कने थुकका थोपाबाट कोरोनाभाइरस फैलिन्छ । त्यसैले आत सफा राख्नुहोस् र मास्क लगाउनुहोस् ।

५। ह्याण्ड ड्रायरबाट कोरोनाभाइरस मर्छ भन्ने पनि कल्पना मात्र हो । विश्व् स्वास्थ्य संगठनले स्पष्ट भनेको छ, ह्याण्ड ड्रायरबाट कोरोना मर्दैन । ह्याण्ड ड्रायर यो कामका लागि बनेकै होइन । ह्याण्ड ड्रायरले केवल चिसो हात सुकाउँछ । हातमा रहेका भाइरस वा ब्याक्टेरिया अल्कोहल बेस्ड सेनिटाइजरबाट धुँदा मात्र जान्छ । वा साबुन पानीले राम्रोसँग हात धुनुस् ।

६। अल्ट्राभ्वाइलेट ल्याम्पबाट कोरोना मर्छ भन्ने पनि कल्पना मात्र हो । अल्ट्राभ्वाइलेट ल्याम्पको प्रयोग शरीरमा गर्नु हुँदैन । अल्ट्राभ्वाइलेट रेडिएशनको कारणले छालामा जलन हुने समस्या हुन्छ । त्यसैले यसको प्रयोग नगर्नुस् । यसको प्रयोगले कोरोनाभाइरबाट बचाउँदैन बरु अर्को स्वास्थ्य मस्या निम्त्याउँछ ।

७। थर्मल स्क्यानरले कोरोनाभाइरसको पुष्टि गर्छ भन्ने पनि कल्पना मात्र हो । तर, यो भने सत्य हो कि यसले कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने संकेत दिन भने निकै प्रभावकारी काम गर्छ । यसले शरीर नछोइ शरीरको तापक्रम बढेको जानकारी दिने हुनाले संक्रमित हुन सक्ने बलियो संकेत दिन्छ । भाइरस संक्रमण भएको वा नभएको पुष्टि भने जाँचपछि मात्र हुन्छ ।

८। अल्कोहल वा क्लोरिन छर्किंदा शरीरमा रहेको कोरोनाभाइरस मर्छ भन्ने पनि कल्पना हो । यसरी शरीरमा भएको भाइरस मर्दैन किनकि यी दुवै चीजले शरीरको बाहिर मात्र सफाइ गर्छन् । शरीरभित्र गइसकेको भाइरस केवल औषधीले मात्र ठिक हुन्छ । यसको उपचार अल्कोहल वा क्लोरिन हुन सक्दैन । यो केवल बाहिरी त्वचाको लागि बचावको तरिका हुन सक्छ ।

९। निमोनियाको खोपले कोरोनाबाट बचाउँछ भन्ने पनि कल्पना हो । न्यूमोकोकल भ्याक्सिन वा हिमोफिलस इन्फ्लुएन्जा टाइप बी भ्याक्सिनले कोरोनाभाइरसको उपचार हुन सक्दैन । यसबाट कोरोनाबाट बचाव पनि हुँदैन । कोरोनाभाइरस पूरै फरक हो । यो नयाँ हो र यसको औषधी अहिलेसम्म खोज्न सकिएको छैन । वैज्ञानिक यसको भ्याक्सिन विकसित गर्न लागिपरेका छन् ।

१०। स्लाइनबाट नाक सफा गर्दा कोरोनाबाट बचिन्छ भन्ने पनि कल्पना हो । अहिलेसम्म यसरी कोरोनाभाइरसबाट बच्न सकिन्छ भन्ने प्रमाण फेला परेको छैन । यो एक मानिसबाट अर्को मानिसमा फैलिन्छ । त्यो पनि हाच्छ्युँ वा खोकीका क्रममा नाक वा मुखबाट निस्कने थुक वा म्युकसको थोपाबाट ।

११। लसुन खाँदा कोरोनाभाइरको संक्रमण हुँदैन भन्ने पनि कल्पना मात्र हो । विश्व स्वास्थ्य संगठनले भनेको छ कि लसुन स्वास्थ्यको लागि लाभदायक खाद्यपदार्थ हो तर अहिलेसम्म यस्तो कुनै प्रमाण फेला परेको छैन जसबाट यो थाहा होस् कि लसुन खाँदा कोरोनाभाइरसबाट बच्न सकिन्छ ।

१२। कोरोनाभाइरसबाट वृद्धहरु बढी संक्रमित हुन्छन् भन्ने पनि कल्पना मात्र हो । यसको संक्रमण जुनसुकै उमेर समूहका मानिसमा हुन सक्छ । तर, यो पनि सत्य हो कि संक्रमित भइसकेपछि वृद्धहरुको शरीरमा हुने अन्य समस्याहरु जस्तै दम, मधुमेह, मुटुरोग लगायतका कारण भाइरस उनीहरुको शरीरमा धेरै शक्तिशाली हुन्छ । यसबाट उनीहरुलाई धेरै खतरा हुन्छ । युवाहरुमा भने रोग प्रतिरोधी क्षमता बलियो भएकोले उनीहरुलाई खतरा कम हुन्छ ।

१३। एन्टिबायोटिक्सबाट कोरोनाभाइरस ठिक हुन्छ भन्ने पनि कल्पना हो । विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ कि कोरोनाभाइरको उपचारमा एन्टिबायोटिक्सले काम गर्दैनन् । यी औषधीहरुले केवल ब्याक्टेरिया मार्छन् भाइरसलाई होइन । एन्टिबायोटिक्सको उपयोग कोरोनाको लागि गर्नु हुँदैन किनकि कोभिड १९ नयाँ भाइरस हो ।

१४। कोरोनाभाइरसको लागि कुनै विशेष औषधी बनिसकेको कुरा पनि सत्य होइन । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको लागि निश्चित औषधी उपलब्ध छैन । वैज्ञानिकहरु अहिले यो भाइरसलाई मार्ने वा संक्रमणबाट बचाउने भ्याक्सिन तयार गर्न जुटेका छन् । उपचारका केही तरिकाहरु पनि अहिले परीक्षणको क्रममै छन् । याे खबर dcnepal बाट साभार गरिएकाे हाे ।

Previous Post

चलचित्र ‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक ( भिड्यो )

Next Post

अन्तर्राष्ट्रिय साहित्य समाज साउदी च्याप्टर

Next Post
अन्तर्राष्ट्रिय साहित्य समाज साउदी च्याप्टर

अन्तर्राष्ट्रिय साहित्य समाज साउदी च्याप्टर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal