Date
शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

रबिन राउत by रबिन राउत
२६ आश्विन २०८२, आईतवार १८:४१
in प्रदेश नं १, फोटो फिचर, मनोञ्जन, समाचार
0
इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ७ बजेदेखि सुरु भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् । मेघा खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कार समेत प्राप्त गरेकी छन् ।

यस्तै रईशा चौधरीले ‘अर्गनाइजर च्वाइस’को अवार्ड हात पारिन् भने प्रतियोगितामा कबिना पोखरेल फस्ट रनरअप बन्दै उनले ‘पब्लिक च्वाइस’को उपाधि पनि जितिन् । त्यसैगरी उर्मिला मगर सेकेन्ड रनरअपको स्थानमा रहिन् भने उनलाई ‘मिसेस पर्सनालिटी’को सबटाइटल पनि प्रदान गरियो । चौथो स्थान अर्थात् थर्ड रनरअपको उपाधि सिता पुरीले जितिन् । ओपन स्पेस प्रा.ली. द्वारा आयोजित यस प्रतियोगिताका सिइओ सजिना श्रेष्ठ र इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ हुन् । प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरेकी थिइन् भने मिडिया कोअर्डिनेटरको भूमिका सुवास संकल्प श्रेष्ठले निभाएका थिए ।

ग्रान्ड फिनालेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । निर्णायकहरूमा एनटिभी इटहरी प्रमुख बसन्त रुपखेती, ‘म्यान अफ द वर्ल्ड २०२५’का प्रकाश चौहान, ‘मिस इटहरी २०२२’ डीना कटवाल र ‘मिस नेपाल आइडल २०१८’की मेरीना तुम्सा लिम्बु रहेका थिए । यस्तै, एनटिभी इटहरी प्रोडक्सन हेड अमित वर्मा र मुस्कान तामाङ (बेबो) विशेष अतिथिको रूपमा उपस्थित थिए । विजेता र रनरअप बाहेक सबटाइटलतर्फ रईशा चौधरीले ‘मिसेस बेस्ट वाक’ र ‘ब्युटी विथ पपर्स’ गरी अर्गनाइजर सँगै तीनवटा उपाधि जितिन् ।

अन्य सबटाइटल विजेताहरूमा अर्चना सिटौला ‘मिसेस फ्रेन्डसिप’, सिता पुरी ‘मिसेस ट्यालेन्ट’, समिता राई ‘मिसेस इन्टेलेक्चुअल’, आयुषा कुँवर ‘मिसेस हस्पिटालिटी’, सिमा लाकान्द्री ‘बेस्ट ट्रान्सफर्मेसन’, परीना राई ‘मिसेस फोटोजेनिक’ र सिर्जना लिम्बु ‘मिसेस डिस्प्लिन’ रहेका छन् । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न फोटोग्राफीमा निश्चल ग्यालरी, मिडिया पार्टनरमा परिकला न्यूज, ग्राफिक डिजाइनमा बि प्रोडक्सन रहेका थिए । कार्यक्रमको सहयोगी संस्था तथा स्पोन्सरहरूमा बार्दली क्रियसन, सारा सेवा, फुडसाला क्याफे, यार्सागुम्बा वेभरेज, धरान डेन्टल क्लिनिक रहेको थियो । एसबि मेकअप एन्ड नेल स्टुडियो (मेकअप पार्टनर), निधि बुटिक (डिजाइनिङ पार्टनर) र भोटिङ पार्टनर माइपे रहेका थिए । ‘मिसेस पुर्बेली आईकन’ ले विवाहित महिलाहरूलाई गृहस्थी जीवनसँगै आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

Previous Post

सनलाइट युनाइटेड युथ क्लबद्वारा अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न

Next Post

चलचित्र ‘परान’ को टिजरमा कवि नवराज पराजुलीको कविता

Next Post
चलचित्र ‘परान’ को टिजरमा कवि नवराज पराजुलीको कविता

चलचित्र ‘परान’ को टिजरमा कवि नवराज पराजुलीको कविता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal