ताप्लेजुङ, असोज २५ – सनलाइट युनाइटेड युथ क्लबको आयोजनामा सम्पन्न अन्तर क्लब स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

खेलकुद मार्फत आपसी मित्रता, अनुशासन र सशक्त युवा सञ्जाल निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिता स्थानीय तहमा उल्लेखनीय सफलता हासिल गर्दै समापन भएको हो।

प्रतियोगिताका मुख्य प्रायोजक पाथिभरा याङबरक गाउँपालिका , सह-प्रायोजकको रूपमा राष्ट्रिय युवा सङ्घ, जिल्ला समिति ताप्लेजुङको सहयोग रहेको थियो। यस्तै, पुरस्कार प्रायोजकहरूमा पाथिभरा क्षेत्र विकास समिति, नेपाली कांग्रेस गाउँ कार्य समिति (पा. या.), र वाइ.सी.एल. नेपाल जिल्ला समिति ताप्लेजुङ रहेका थिए। साथै, देश तथा विदेशमा रहेका सहयोगी मनकारी महानुभावहरूप्रति आयोजक संस्थाले विशेष धन्यवाद व्यक्त गरेको छ।
विजेता क्लबहरू र पुरस्कार राशी
पुरुषतर्फ विजेता:
पहिलो स्थान: टोक्पेगोला स्पोर्टिङ क्लब, पापुङ – रु. ९०,०००
दोस्रो स्थान: श्रीझङ्गा युवा क्लब, पाँचथर – रु. ४५,०००
महिलातर्फ विजेता:
पहिलो स्थान: दारिम्बा फुटबल क्लब, पाँचथर – रु. ४१,०००
दोस्रो स्थान: श्रीझङ्गा युवा क्लब, तिरिङे – रु. २१,०००
सनलाइट युनाइटेड युथ क्लब का उपाध्यक्ष केशव पौडेलले प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्याउने सबै प्रायोजक र सहयोगीहरूलाई आफ्नो सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका छन

समापन समारोहमा स्थानीय नेताहरू, व्यापारी, सरकारी कर्मचारीहरू र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगिताले खेलकुद क्षेत्रको विकाससँगै सामाजिक एकता र युवा सहभागिता अभिवृद्धिमा टेवा पुर्याउने अपेक्षा आयोजकले गरेका छन्।

Discussion about this post