Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘हिम्मतवाली’ हिरो ८ वर्षपछि फिल्ममा फर्किँदै

रबिन राउत by रबिन राउत
२७ श्रावण २०७९, शुक्रबार २१:३८
in मनोञ्जन
0
‘हिम्मतवाली’ हिरो ८ वर्षपछि फिल्ममा फर्किँदै
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

२०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गरेका थिए । तर, डेब्यू फिल्म सफल भए पनि उनले अभिनयलाई भने निरन्तरता दिन सकेनन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका उनले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै फिल्म ‘एक्स ९’ साइन गरेका छन् ।
 
केही दिनदेखि फिल्मको छायांकन प्रवन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका हुन् । फिल्मको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनेछन् । निर्देशक भट्टले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताएका छन् । फिल्मका लागि सुदर्शनले आकर्षक पारिश्रमिक बुझेको बताइएको छ ।
 
८ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका सुदर्शनले राम्रो टिम र बलियो चरित्र पाएकाले आफू ‘एक्स ९’मा काम गर्न राजी भएको जानकारी दिए । उनले भने, ‘म फिल्मबाट कहिल्यै पनि टाढा थिइनँ । विभिन्न कारणले समय दिन नपाएको मात्र हुँ । फेरि फिल्ममा काम गर्दा राम्रो टिम र बलियो चरित्र हुनुपर्छ भन्ने मान्यतामा अडिग थिएँ । यी सबै कुरा ‘एक्स ९’मा पाएँ,’ क्यानडाबाट उनले भने ।
 
एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । क्यानडमा मोटिभेसनल स्पिकरको रुपमा परिचित सुदर्शनले फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा राम्रो सम्भावना देखाएका थिए ।
 
‘एक्स ९’लाई नेटफ्लिक्समा रिलिज गर्न निर्देशक भट्टले प्रयास गरिरहेका छन् । सम्भवतः आगामी महिना नेटफ्लिक्ससँग फिल्मको टिमबीच कागजी सम्झौता हुनसक्ने जानकारी प्राप्त छ । फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

Previous Post

अस्मिता अधिकारीको 'ढल्केला ढल्केला'मा अनिता लिम्बु (भिडियो)

Next Post

गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” सार्वजनिक

Next Post
गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” सार्वजनिक

गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal